भाग १  जापानमा काम गर्नुको आकर्षण र JCWG को सेमिनारमा महसुस गरेका कुराहरु

भाग १ जापानमा काम गर्नुको आकर्षण र JCWG को सेमिनारमा महसुस गरेका कुराहरु

केही दिन अगाडि “कुनैदिन जापानमा काम गर्न चाहनेहरुका लागि जापानमा बसोबास गर्ने विदेशी नागरिकहरुले जापानमा काम गर्ने’boutमा आफ्नो अभिप्राय राख्ने गोष्ठी” सम्पन्न भयो । भिडियो रेकर्ड गरिएको गोष्ठीको कार्यक्रममा, सहजकर्ता होक्काइदो मेडिकल विश्वविद्यालय उन्नत अनुसन्धान प्रवर्द्धन केन्द्रका यूको इतोउ जी र सिजुओका प्रिफेक्चरल विश्वविद्यालयको सह-प्राध्यापक तोसिहुमि सुजुकी जीलाई स्वागत गरेर, जापानमा कार्यरत विदेशी नागरिकहरुले जापानको आकर्षणहरु र समाधान गर्नुपर्ने विषयहरु ’boutमा छलफल गरिएको छ ।

Contents:

 

भाग १ मा, २०२१ अक्टोबर देखि २०२२ जनवरी सम्म प्रत्येक देशको लागि निर्दिष्ट सीप प्रणाली संक्षिप्त विवरण दिने सभा “Japan Care Worker Guide(JCWG)अनलाइन सेमिनार” सन्चालन गरिएको थियो । त्यस सेमिनार सन्चालन गरेका ४ जना जापानमा बसोबास गर्ने विदेशी नागरिकहरुलाई ”जापानमा काम गर्ने आकर्षणहरु र JCWG सेमिनारमा महसुस गरेका कुराहरु” ’bout सोधिएको थियो ।

इतोउ:”जापानमा बसोबास गर्ने विदेशी नागरिकहरुको लागि जापानमा काम गर्ने’boutमा आफ्नो अभिप्राय राख्ने गोष्ठी” को भाग १ मा इन्डोनेसियाबाट आगुन जी, फिलिपिन्सबाट टिफानि जी, श्रिलंकाबाट तिलि जी, भियतनामबाट एङ जीलाई स्वागत गरेर, सिजुओका प्रिफेक्चरल कलेजको प्रोफेसर सुजुकी जिसँग पनि अन्तरवार्ता लिन चाहन्छु ।

उहाँहरु ४ जना जापानमा नर्सिंङ्ग केयरभन्दा फरक क्षेत्रमा सक्रिय हुनुहुन्छ र विदेशका लागि सन्चालन गरिएको “Japan Care Worker Guide(JCWG)अनलाइन सेमिनार” सन्चालन गर्नुभएको व्यक्‍तिहरु हुनुहुन्छ । तपाईंहरुलाई सन्चालन गर्दा कस्तो लाग्यो ?

 

आगुन जी (इन्डोनेसिया):पहिलो चोटि भएकोले धेरै डर लाग्यो । तर राम्रो कुरा, आफ्नो मातृभाषामा बताउन सकेकोले विभिन्न कुरा बताउन सकेर खुसी लाग्यो ।

 

टिफानि जी (फिलिपिन्स):मसँग सन्चालन गरेको अनुभव छ, तर अनलाइन सेमिनार पहिलो चोटि भएकोले मातृभाषामा बताउन सके पनि डर लाग्यो । गलत कुरा नभन्न चिन्ता लागिरहेको थियो ।

 

इतोउ:”JCWG अनलाइन सेमिनार” मा तपाईंहरुले “निर्दिष्ट सीप (SSW)” ’bout व्याख्या गरिदिनुभयो । सेमिनार भन्दा अघि देखि नै “निर्दिष्ट सीप” ’bout तपाईँहरुलाई थाह थियो कि ?

 

एङ जी (भियतनाम): भियतनामको टि.भी र SNS मा प्रस्तुत गरिएको प्रणाली भएकोले यस’boutमा थाह त थियो, तर विस्तृत कुराहरु भने यो चोटिको सेमिनारमा बुझ्न सकेँ ।

 

तिलि जी (श्रिलंका):जापानमा “निर्दिष्ट सीप” भन्ने प्रणाली छ भन्ने कुरा थाह थियो, तर श्रिलंकामा चाहिँ मलाई थाह भएसम्म, गएको डिसेम्बर देखि परीक्षा सुरु भयो । त्यसैले बल्ल स्थानीय व्यक्त्तिहरुलाई पनि यस’boutमा परिचय दिन सकेको छु ।

उत्तिखेरै SNS द्वारा नचिनेका व्यक्तिहरुबाट पनि सम्पर्क आयो । अहिलेसम्म स्थानीय इलाकामा परीक्षा सन्चालन नगिरिएकोले सिफारिस गर्न सक्ने प्रणाली त थिएन तर अहिले चाहिँ SNS मा सबैजना “निर्दिष्ट सीप” ’bout पढ्दै हुनुहुन्छ ।

 

इतोउ:जापानमा “निर्दिष्ट सीप” सहित विभिन्न बसोबास योग्यताहरु छन् । नर्सिंङ्गको काम गर्दै सीप तिखार्नेहरू पनि धेरै छन् जस्तो लाग्छ । प्रोफेसर सुजुकी जीलाई त कस्तो लाग्छ ?

 

सुजुकी:मैले सर्टिफाइड केयर वर्करलाई हुर्काउने र नर्सिंङ्ग केयर वर्करलाई सिकाउने काम गर्छु । त्यसैले “निर्दिष्ट सीप” प्रणालीको प्रयोगकर्तासँग भेट्ने मौका पनि धेरै छन् । सर्टिफाइड केयर वर्कर राष्ट्रिय योग्यता भएकोले यो प्राप्त गर्दा बसोबास योग्यता “नर्सिंङ्ग केएर” को रुपमा अझ लामो समय (जापान भित्र) काम गर्न सम्भव हुन्छ । सबैजनाले यसरी नै उन्नति गरेको आशा गर्छु ।

 

इतोउ:भाग २ मा, “निर्दिष्ट सीप” “विदेशी प्राविधिक प्रशिक्षण इन्टर्न” जस्ता प्रणाली प्रयोग गरेर नर्सिंङ्ग केयर गर्ने ठाउँमा सक्रिय हुनुभएका व्यक्तिहरूको अन्तरवार्ता लिन चाहन्छु । आगुन जी, तपाईँले अनलाइन सेमिनारमा नर्सिंङ्ग केयर गर्ने ठाउँमा काम गर्ने विदेशीहरुको अवस्था हेर्नुभयो, कस्तो महसुस गर्नुभयो ?

 

आगुन जी (इन्डोनेसिया):ओकायामा प्रिफेक्चरको नर्सिंङ्ग वर्क गर्ने कार्यस्थलमा काम गर्ने आयु जीसँग धेरै कुराकानी गर्नसकें । उहाँले स्कुलमा नभई आफैले जापानी भाषा सिकेर १ वर्ष भित्र Japanese-Language Proficiency Test (JLPT) N2 (जापानी भाषामा छलफल गर्नसक्ने लेभल) पास गर्नुभयो, साँच्चै अचम्म लाग्यो । आफ्नो लागि मात्र नभई परिवारको लागि जापानमा आउनुभयो भन्ने कुराले पनि मेरो मन छोयो ।

 

इतोउ:भाग २ मा आयु जी पनि आउनुहुन्छ, त्यतिबेला उहाँको कुरा सुन्न चाहन्छौँ । त्यसोभए सबैजनाले “जापानमा काम गर्नुको आकर्षण” ’bout परिचय दिन सक्नुहुन्छ कि ?

 

टिफानि जी (फिलिपिन्स):कम्पनीमा निर्भर हुन्छ तर आफ्नो देशको तुलनामा तलब धेरै आउने भएकोले राम्रो छ । विलासी जीवन नबिताएको भए जीवनयापनमा आवश्यक कुराको अभाव हुँदैन । अनि जापानी कम्पनीको धेरैजसो कर्मचारी जेनेरालिस्ट भएकोले विशेषगरि नयाँ स्नातकहरुको लागि धेरै कुरा सिक्ने मौका छ जस्तो लाग्छ । आधा वर्षदेखि १ वर्षमा स्थानान्तरण गर्न सकिन्छ त्यसैले सीप तिखार्न सजिलो छ ।

 

तिलि जी (श्रिलंका):मैले २ वटा कम्पनीमा काम गरे तर अहिलेसम्म विदेशीप्रतिको पूर्वाग्रह महसुस गरेको छैन बरु सधैँ मदत गर्नुभयो । जापानको कानुन र जापानीहरुको काम गर्ने तरिका अनुकरण गरिरह्यौँ भने नराम्रो लाग्ने कुरा केही छैन जस्तो लाग्छ । सुरक्षित देशमा कार्यप्रगति लक्षित गर्दै दिन बिताउन सकिन्छ, त्यो सुरुमा ठूलो फाइदा हो जस्तो लाग्छ ।

 

एङ जी (भियतनाम):जापानको समाज स्त्रीहरुको लागि काम गर्न सजिलो छ जस्तो लाग्छ । कमप्लाइआन्स् राम्रो छ र कल्याण सेवा पनि राम्रो छ । बिमा प्रणाली उपलब्ध छ र निःशुल्कमा क्यानसर परीक्षण पनि लिन सकिन्छ । भियतनामको तुलनामा बिदा धेरै छ, प्रसूति बिदा र शिशु स्याहार बिदाको प्रणाली पनि व्यस्थापन गरिएको छ ।

 

इतोउ:जापानमा स्त्रीहरुले अझै पनि स्त्रीहरुको लागि काम गर्न गाह्रो छ भनेका सुन्छौँ तर विेदेशीहरुले भने त्यस्तो महसुस नगर्नु हुँदोरहेछ है । पुरुष र स्त्री दुवैलाई काम गर्न सजिलो हुने प्रणाली निर्माण गर्न अझै प्रयास गरिरहनुपर्छ…..।

 

सुजुकी:जापानमा काम गर्ने विषयमा विदेशी नागरिकहरुले महसुस गर्ने चिन्ता’bout तपाईँहरुले बताउनुभयो । तलबको साथै विदेशी नागरिकहरुको लागि काम गर्न सजिलो ठाउँ हो कि होइन भन्ने कुरा सबैभन्दा चासोको विषय रहेछ है । जापानले कर्मचारी शिक्षा र कर्मचारी प्रशिक्षण जस्ता “करियर पास” मा ध्यान केन्द्रित गर्दैछ तर अझै आधा बाटोमै छ । विदेशी नागरिकहरुका लागि काम गर्न सजिलो वातावरण बनाउँदै जानु महत्त्वपुर्ण छ ।

 

इतोउ:धन्यवाद छ । भाग १ मा ‘जापानमा काम गर्नुको आकर्षणहरु र JCWG को सेमिनारमा महसुस गरेको कुरा’ ’bout सुन्दै आएका थियौँ । भाग १ मा आउनुभएका सबैजना भाग ३ मा पनि फेरि आउनुहुन्छ, प्रतिक्षा गरौँ । अब भाग २ मा फेरि भेटौँ ।

 

यस लेखमा भिडियो रेकर्ड गरिएको गोष्ठीको केहि विषय’bout परिचय दिइएको छ ।

यो बाहेक जापानमा बसोबास गरेका विदेशी नागरिकहरु जापानमा आउनुको कारण र जापानमा आउँदाको प्रभाव जस्ता विषयहरु पनि रेकर्ड गरिएको छ । पुरा भाग तलबाट हेर्न सक्नुहुन्छ ।