भाग २ केयर वर्करको कार्यस्थलमा काम गर्नुको आकर्षण र कम्युनिकेसनको तरिका

भाग २ केयर वर्करको कार्यस्थलमा काम गर्नुको आकर्षण र कम्युनिकेसनको तरिका

केही दिन अगाडि “कुनैदिन जापानमा काम गर्न चाहनेहरुका लागि जापानमा बसोबास गर्ने विदेशी नागरिकहरुले जापानमा काम गर्ने’boutमा आफ्नो अभिप्राय राख्ने गोष्ठी” सम्पन्न भयो । भिडियो रेकर्ड गरिएको गोष्ठीको कार्यक्रममा, सहजकर्ता होक्काइदो मेडिकल विश्वविद्यालय उन्नत अनुसन्धान प्रवर्द्धन केन्द्रका यूको इतोउ जी र सिजुओका प्रिफेक्चरल विश्वविद्यालयको सह-प्राध्यापक तोसिहुमि सुजुकी जीलाई स्वागत गरेर, जापानमा कार्यरत विदेशी नागरिकहरुले जापानको आकर्षणहरु र समाधान गर्नुपर्ने विषयहरु ’boutमा छलफल गरिएको छ ।

Contents:

भाग २ मा २०२१ अक्टोबर देखि २०२२ जनवरी सम्म सन्चालन गरिएको निर्दिष्ट सीप प्रणाली संक्षिप्त विवरण दिने सभा “Japan Care Worker Guide(JCWG)अनलाइन सेमिनार” मा आउनुभएका, नर्सिंङ्ग केयरमा भाग लिनुभएका जापानमा बसोबास गर्ने ७ जना विदेशी नागरिकहरुलाई “नर्सिंङ्ग केयर कार्यस्थलमा काम गर्नुको आकर्षण र कम्युनिकेसनको तरिका” भन्ने विषयमा अन्तर्वार्ता लिइएको थियो ।

इतोउ:सबैजनालाई नमस्कार । अब ”जापानमा बसोबास गर्ने विदेशी नागरिकहरुलाई जापानमा काम गर्ने ’boutमा आफ्नो अभिप्राय राख्ने गोष्ठी” को भाग २ मा “नर्सिंङ्ग केयर कार्यस्थलमा काम गर्नुको आकर्षण र कम्युनिकेसनको तरिका’bout” छलफल गर्नेछौँ । भाग १ बाट जारी राख्दै प्रोफेसर सुजुकी जी लाई हामीसँग सामेल हुन आमन्त्रित गर्न चाहन्छौँ ।

 

सुजुकी:धन्यवाद छ ।

 

इतोउ:त्यसोभए भाग २ मा आउनु भएकाहरुको परिचय दिन चाहन्छु । इन्डोनेसिया बाट आयु जी, फिलिपिन्सबाट लब्लि जी र सुतेरा जी, श्रिलंकाबाट सितुमिनि जी र आसिनि जी, भियतनामबाट लिङ जी र होआइ जी गरेर ७ जना हुनुहुन्छ । सबैजना “Japan Care Worker Guide(JCWG)अनलाइन सेमिनारको स्टेजमा पनि आउनुभएर नर्सिंङ्ग केयर कार्यस्थलमा काम गर्ने सिनियरको रुपमा अन्तरवार्ता दिनुभएको छ । सेमिनार सिद्धिएपछि मनमा कस्तो परिवर्तन आयो ?

 

आयु जी (इन्डोनेसिया):मेरो जापानी भाषा अहिलेभन्दा अझै उन्नति गर्न चाहन्छु । प्रयोगकर्ताहरुसँग अझै कुराकानी गर्न सक्षम हुन चाहन्छु ।

 

लब्लि जी (फोलिपिन्स):परिवारको लागि पनि अझै मेहनत गरेर काम गर्न चाहन्छु । कम्पनी र नर्सिंङ्ग होमको प्रशिक्षणमा अग्रसर भई भाग लिएर नर्सिंङ्ग केयरको सीप तिखार्न चाहन्छु र विभिन्न कुराहरु सिक्न चाहन्छु ।

 

आसिनि जी (श्रिलंका):जापानमा आउन चाहने विदेशी नागरिकहरुलाई जापानको ’boutमा सिकाउन सकेकोले खुशी लाग्यो ।

 

लिङ जी (भियतनाम):सहकर्मीहरु र मेरो परिवारले प्रशंसा गर्नुभएकोले मेरो आत्मविश्वास बढ्यो । भियतनाममा भएका भाइहरु पनि ‘चाँडै नै जापानमा गएर काम गर्न चाहन्छु !’ भन्नुभयो ।

 

इतोउ:सबैजना सेमिनारमा भाग लिनुभएर फाइदा उठाउन सक्नु भएको रहेछ है । अब अर्को विषय, सबैजनालाई “मनपर्ने जापानी भाषाको शब्द” र “मनपर्नुको कारण” ’bout सोध्न चाहन्छु ।

 

लब्लि जी (फिलिपिन्स):मलाई मनपर्ने जापानी भाषा ‘愛’ (AI) हो । मेरो नाम लब्लि भएकोले नजिकको व्यक्तिले “लब्लि-चान” भनेर बोलाउनुहुन्छ । ‘LOVE’ लाई जापानी भाषामा ‘愛’ (AI) भनिन्छ । प्रेम छ भने शान्ति रहिरहन्छ (हाँसो) ।

 

सितुमिनि जी (श्रिलंका):मलाई नर्सिंङ्गको काम गर्दा ‘ITSUMO ARIGATOU’ (सधैँ धन्यवाद छ) भन्ने कृतज्ञताको शब्द मनपर्यो । प्रयोगकर्ताहरुले यसरी भन्नुहुँदा धेरै खुसी लाग्छ ।

 

होआइ जी (भियतनाम):मलाई मनपर्ने शब्द ‘GANBATTE’ (राम्रोसँग गर्नु होस्) हो । अरुलाई बल दिने धेरै राम्रो शब्द हो है । म पनि थाकेको बेला ‘GANBATTE’ भनेर आफुलाई प्रोत्साहन दिन्छु ।

 

सुजुकी:सबैजनालाई, दैनिक रुपमा प्रयोग गर्ने शब्दहरु मनपर्दो रहेछ । धेरै राम्रो छ ।

 

इतोउ:अब अर्को प्रश्न हो, नर्सिंङ्गको काम गर्नुहँदा कहिलेकाहिँ कम्युनिकेसन गर्न गाह्रो लाग्छ कि ?

 

आसिनि जी (श्रिलंका):भन्न चाहेको कुरा भएतापनि जापानी भाषामा कसरी भन्ने भनेर थाह थिएन । सिनियरहरुलाई प्रयोगकर्ताहरुबाटको अनुरोध बताउन पनि गाह्रो थियो ।

 

लिङ जी (भियतनाम):मलाई आदरसूचक शब्द गाह्रो छ जस्तो लाग्छ । राम्रोसँग प्रयोग गर्न सक्यो भने कम्युनिकेसनलाई सहज बनाउन सकिन्छ तर गलत तरिकामा प्रयोग गर्दा अशिष्ट हुनेछ… …। म आदरसूचक शब्द प्रयोग गरिने भियतनाममा हुर्केकोले जापानमा पनि ध्यानपुर्वक बोल्छु ।

 

इतोउ:जापानको स्थानीय भाषा पनि गाह्रो छ भनिन्छ, अनौठो शब्दहरु बुझ्न कहिलेकाहिँ गाह्रो भएको थियो कि?

 

आसिनि जी (श्रिलंका):नागासाकिको भाषामा ‘II’ (राम्रो) लाई ‘YOKA’ भन्छ अनि ‘IKANAKEREBA NARANAI’ (जानुपर्छ) लाई ‘IKANBA’,  ‘SHIRIMASEN’ (थाह छैन) लाई ‘WAKARAN’ ‘SHIRAN’ भन्छ ।

 

लिङ जी (भियतनाम):होक्काइदोमा स्थानिय भाषा धेरै छ । उदाहरणको लागि ‘KAWAII ‘ (क्युट छ) लाई ‘MENKOI’ भन्छ । ‘TSUMETAI’ लाई ‘ SHAKKOI’ भन्छ ।

 

आयु जी (इन्डोनेसिया) :ओकायामामा `TSUKARETA` (थकाई लाग्यो) लाई `EREE`,  `ATSUI` (गर्मि छ) लाई `ACHII`,  `SAMUI` (जाडो छ) लाई `SAMII` भनेको सुनेर अचमम लाग्यो । जापानी भाषा स्कुलमा नसिकेको शब्दहरू भएकोले……। अहिले चाहिँ ओकायामाको भाषा मिसाएर कुराकानी गर्न सक्छु ।

 

सुतेरा जी (फिलिपिन्स):नागानोमा `TSUKARETA` (थकाई लाग्यो) लाई `GOSHITAI` भन्छ ।  यो शब्द पहिलो चोटि सुन्दा, प्रयोगकर्ताहरुले `KOSHIGA ITAI` (ढाड दुख्यो) भनेको हो जस्तो ला्ग्यो तर त्यो गलत थियो ।

 

सुजुकी:सबैजना जापानी भाषा राम्रो बोल्नुहुन्छ तर शब्दको अर्थ “बुझ्ने” कुरालाई जोड दिएर कम्युनिकेसन गर्दे हुनुहुन्छ है ।

वास्तवमा प्रोफेसर इतोउ टोकियोमा लामो समय बसे तापानि सधै ओसाकाको भाषा बोल्नुहुन्छ । तर ओसाकाको भाषा बोल्ने व्यक्तिसँग चाँडै घुलमिल हुन सजिलो हुँदो रहेछ । अर्थ बुझ्नुहुन्छ कि हुन्न मात्रै नभई न्यानो वातावरणमा घुलमिल हुनेगरि कुराकानी गर्नु पनि महत्त्वपुर्ण रहेछ ।

 

इतोउ:सबैजनाबाट कम्युनिकेसनको महत्त्व’bout फेरि सिक्न सके । त्यसोभए भाग ३ मा फेरि भेटौँ ।

 

यस लेखमा भिडियो रेकर्डिङ गरिएको गोष्ठीको केहि विषयको परिचय दियौँ । भिडियोमा नर्सिंङ्ग केयर कार्यस्थलमा कम्युनिकेसन गार्नको लागि कस्तो प्रयास गरिएको छ भन्ने ’boutमा जापानमा बस्ने विदेशी नागरिकहरुले अझै विस्तृत रुपमा बताउनु भएको छ । पुरा भाग तलबाट हेर्न सक्नुहुन्छ ।