भाग ३  “भविष्य・दृष्टिकोण”

भाग ३ “भविष्य・दृष्टिकोण”

केही दिन अगाडि “कुनैदिन जापानमा काम गर्न चाहनेहरुका लागि जापानमा बसोबास गर्ने विदेशी नागरिकहरुले जापानमा काम गर्ने’boutमा आफ्नो अभिप्राय राख्ने गोष्ठी” सम्पन्न भयो । भिडियो रेकर्ड गरिएको गोष्ठीको कार्यक्रममा, सहजकर्ता होक्काइदो मेडिकल विश्वविद्यालय उन्नत अनुसन्धान प्रवर्द्धन केन्द्रका यूको इतोउ जी र सिजुओका प्रिफेक्चरल विश्वविद्यालयको सह-प्राध्यापक तोसिहुमि सुजुकी जीलाई स्वागत गरेर, जापानमा कार्यरत विदेशी नागरिकहरुले जापानको आकर्षणहरु र समाधान गर्नुपर्ने विषयहरु ’boutमा छलफल गरिएको छ ।

Contents:

भिडियोको अन्तिम प्रस्तुति भाग ३ मा, भाग १ र भाग २ मा आउनुभएका जापानमा बसोबास गर्ने विदेशी नागरिकहरु ११ जनालाई “भविष्य・दृष्टिकोण” भन्ने विषयमा फेरि प्रश्न सोधिएको छ ।

इतोउ:सबैजनालाई नमस्कार । “जापानमा बसोबास गर्ने विदेशी नागरिकहरुले जापानमा काम गर्ने’boutमा आफ्नो अभिप्राय राख्ने गोष्ठी” को भाग ३ मा, भाग १ र भाग २ मा आउनुभएका विदेशी नागरिकहरु फेरि आउनुभएको छ । प्रोफेसर तोसिफुमि सुजुकीसँगैँ “भविष्य”‍‍–अबदेखिको योजना’bout सोध्न चाहन्छु ।

सुरुमा, तपाईँहरु जापानमा काम गर्दाखेरि ‘यो अनौठो छ’ ‘यो कुरा परिवर्तन गरेको चाहन्छु’ भनेर महसुस गर्नुभएको कुरा छ भने बताउनुहुन्छ कि ?

 

टिफानि जी (फिलिपिन्स):जापानमा ओभरटाइम काम धेरै छ र मिटिङ पनि पटक-पटक भइरहन्छ तर अझै प्रभावकारी ढङ्गमा काम गर्न सकिन्छ जस्तो लाग्छ । कोरोना कम भए पनि सकेसम्म टेलिवर्क गरिरहेर, फ्लेक्स प्रणाली प्रयोग गर्ने जस्ता लचकदार भई वर्कलाइफ ब्यालेन्स सुधार गरेको चाहन्छु । महिला र अशक्तहरुको लागि अझै काम गर्न सजिलो वातावरण बनाउन सक्यो भने जापानी कम्पनी अझै आकर्षित हुनेछ जस्तो लाग्छ ।

 

लब्लि जी (फिलिपिन्स) :जापानमा वर्करहोलिक भएको व्यक्ति धेरै छन् । जापानी मात्र नभई जापानमा काम गर्ने विदेशी नागरिकहरु पनि जुन प्रकारको काममा पनि त्यस्तै झुकाव देखिन्छ ।

 

सुतेरा जी (फिलिपिन्स):म काम गर्ने नागानो प्रिफेक्चरमा काम बेलुका ढिलो समयसम्म भयो भने घर फर्किनको लागि यातायात पाउँदैन । जापानमा भर्खरै आउनुभएका धेरैजसो विदेशी नागरिकहरुसँग गाडी नभएकोले समस्या हुन्छ । मेरो देश फिलिपिन्समा जिप्नि (साझा ट्याक्सी) दिनभरि चलिरहेकोले त्यो सुविधा छ ।

 

एङ जी (भियतनाम):तथाकथित “NOMINIKESHON” अनौठो छ । कामको सम्बन्धमा निजी ल्याउने चलन बुझ्न गाह्रो छ । हामी पनि ठुलो कार्यक्रम र पार्टीको समयमा सबैजना सँगै रमाउँछौँ तर हरेक हप्ता भयो भने……।

 

सुजुकी:जापानमा आफ्नो अभिप्राय राख्ने ठाउँको रुपमा “NOMINIKESHON” उपयोगी छ तर “कार्यशैली” सँगै “आफ्नो समय” लाई महत्त्व दिने विदेशी नागरिकहरु यो कुरासँग त्यति परिचित नहुन सक्छ है । फर्केर हेर्दा म र प्रोफेसर इतोउ पनि वर्करहोलिक हुनसक्छौँ ।

 

लिङ जी (भियतनाम):’अनौठो’ त होइन तर धाराको पानि त्यतिकै खान सक्ने कुरा अचम्म लाग्यो । भियतनाममा उमालेपछि मात्र पिउन सक्छौँ ।

 

होआइ जी (भियतनाम):जापानमा भेन्डिङ मेसिन साँच्चै धेरै छ है । पेय पदार्थको मा्त्र नभई विभिन्न किसिमका भएकोले अचम्म लाग्यो ।

 

इतोउ:जन्मेदेखि जापानमा बसेकोले थाह हुँदैन तर विदेशबाट हेर्दा अझैपनि अनौठो संस्कृति छ है । त्यसोभए सबैजनाको भविष्यको सोचाइ’bout सोध्न चाहन्छु । सबैजना अबदेखि पनि जापानमा काम गरिरहन चाहनुहुन्छ कि ? जापानको अनुभव प्रयोग गर्दै आफ्नो देशमा फर्किएर सक्रिय हुन चाहनुहुन्छ ?

 

आगुन जी (इन्डोनेसिया):मलाई जापान धेरै मनपर्छ तर जापानमा सिकेको कुराहरु इन्डोनेसियामा लिएर गएर आफ्नो कम्पनी स्थापना गर्नु नै मेरो सपना हो । जापानमा विदेशी नागरिकहरुको लागि टुर्र गाइडको काम गरिरहेको थिए । त्यसैले आफ्नो देशमा फर्किएपछि ट्राभल एजेन्सी स्थापना गर्न चाहन्छु । अनि जापानमा विदेशी प्राविधिक इन्टर्न स्विकार्ने प्रणाली भएकोले जापानमा आउनको लागि पढ्नुभएका इन्डोनेसियाका व्यक्तिहरुलाई जापान पठाउने संस्था स्थापना गर्दा पनि राम्रो भविष्य छ जस्तो लाग्छ । सायद धनी हुन सक्छुहोला (हाँसो) ।

 

आयु जी (इन्डोनेसिया):म पनि कुनै दिन इन्डोनेसियामा फर्कनेछु । जापानी भाषा स्कुलको शिक्षक वा दोभासे गर्न सक्ने पर्यटक गाइड बन्न चाहन्छु ।

 

तिरि जी (श्रिंलका):मैले जापानमा जीवनयापन गर्ने निर्णय गरे । अहिलेको काम सुरु गरेको चौथो महिना भयो र धेरै रमाइलो छ भन्ने कुरा यस्तो निर्णय गर्नुको एउटा कारण हो । अहिलेसम्म ४ वर्ष जति पर्यटक सम्बन्धी काम गर्दै आएको थिएँ तर नयाँ कोरोना भाइरसको असरले काम बिदा भएर कार्यप्रगती पनि ठप्प भएको थियो । यत्तिकै बस्नु हुँदैन भनेर नयाँ काम खोजे, तर आफ्नो अनुभव सदुपयोग गर्न सक्ने काम पाउन सकिन । त्यसैले सोचाइ परिवर्तन गरेर बिलकुलै नयाँ काम गर्न प्रयास गरे र अहिले व्यापारको काम गर्दै छु । लगभग शुन्यबाट प्रयास गर्नुपरेता पनि जापानी कर्माचारी सबैजनाले मलाई मदत गरिरहनुहुन्छ । त्यसैले लामो समयसम्म काम गर्न चाहन्छु ।

 

इतोउ:कोरोनाको गाह्रो अवस्थामा पनि सबैजनाको नयाँ बाटो खोल्ने जीवनशक्ति देखेर म प्रभावित भएँ । अतृप्त कार्यप्रगतिको लागि लक्ष्य राख्ने मनोवृति जापनमा काम गर्न चाहनेहरुका लागि ठुलो प्रोत्साहन हुनेछ होला ।

 

आसिनि जी (श्रिलंका):म श्रिलंकामा फर्किएर नर्सिङ होम बनाएर आमाबुबासँगै बस्न चाहन्छु ।

 

सितुमिनि जी (श्रिलंका):म नर्सिङ केयर पढेर जापानमा काम गर्न चाहन्छु । जापान धेरै सुरक्षित र बस्न सजिलो विकसित देश भएकोले ।

 

सुजुकी:अन्य देशका नागरिकहरु नर्सिङ केयरको क्षेत्रमा सक्रिय हुनुभएको देखेर साँच्चै खुसी लाग्छ ।

 

इतोउ:३ भाग गरेर प्रस्तुति गर्दै आयौँ । अब “जापानमा बसोबास गर्ने विदेशी नागरिकहरुले जापानमा काम गर्ने’boutमा आफ्नो अभिप्राय राख्ने गोष्ठी” को समापनको समय नजिकै आयो । अन्तमा प्रोफेसर सुजुकीबाट अन्तिम शब्द सुन्न चाहन्छौँ ।

 

सुजुकी:सबैजनालाई धेरै धन्यवाद छ । कामको विवरण भन्दा “कार्यशैली” ’bout धेरै छलफल भएको थियो । “जीवनशैलि” को छलफल पनि यो गोष्ठिको विशेष पक्ष थियो जस्तो लाग्यो ।

साथै कुनै दिन आफ्नो देशमा फर्कने सोचाइ राख्नेहरु पनि थिएँ । काम गर्ने ठाउँ परिवर्तन गर्ने विचार नभई जापानमा सिकेका सीपहरु आफ्नो देशमा प्रयोग गर्ने “जोड्ने” भुमिका निभाउन चाहन्छु भन्ने करियर दृष्टिकोण भएको कुरा सुनेर धेरै उत्साहित छु ।

 

इतोउ:म पनि सबैजनाको कुरा सुनेर विभिन्न व्यक्तिसँग अन्तरक्रिया गर्दै जाँदा आफ्नो काम साँच्चै रमाउँदै गर्दै हुनुहुन्छ भन्ने कुरा सुनेर मलाई खुसी लाग्यो । अबदेखि पनि विदेशी नागरिकसँगै काम गर्दै जापानको भविष्य’bout विचार गर्न चाहन्छौँ है ।

 

यो लेखमा भिडियो रेकर्डिङ गरिएको गोष्ठीको केहि विषयको परिचय दियौँ । भिडियोमा जापानको संस्कृतिको ’boutमा जापानमा बस्ने विदेशी नागरिकहरुले अझै गहिरिएर बताउनु भएको छ । पुरा भाग तलबाट हेर्न सक्नुहुन्छ ।