निर्दिष्ट सीप प्रणाली

जापानमा नर्सिङ्ग केयरको काम गर्न चाहानुहुन्छ ?

निवासको स्थिती (निर्दिष्ट सीप) भनेको, जापानमा गम्भीर रुपमा बढ्दै गरेको श्रम अभावको परिपूर्ती गर्नका निमित्त, निश्चित विशेषज्ञता, अनुभव र सीप भएका विदेशी मानव संसाधनहरुलाई नर्सिङ्ग केयर सहित १४ प्रकारका ओद्योगिक श्रेत्रहरुमा रोजगारीको अनुमति जारी गरिएको छ । यो जापान ईमिग्रेशनको नयाँ नीति हो । यो नीति अप्रील २०१९ मा जारी गरिएको हो । यस नीतिमा (निर्दिष्ट सीपप्राप्त कामदार i)  (निर्दिष्ट सीपप्राप्त कामदार ii) रहेको छ,  र नर्सिङ्ग केयर (निर्दिष्ट सीपप्राप्त कामदार i) अन्तर्गत पर्दछ ।

निर्दिष्ट सीपप्राप्त कामदार (i) नर्सिङ्ग केयर भनेको के हो ?

निर्दिष्ट सीपप्राप्त कामदार (i) नर्सिङ्ग केयरको योग्यताको लागि कुनै शैक्षिक पृष्ठभूमि आवश्यक पर्दैन । उमेर १८ वर्ष भन्दा माथिका जो कोहिले पनि आवेदन दिन सक्दछन । तर निर्दिष्ट सीपप्राप्त कामदार (i) नर्सिङ्ग केयरको योग्यता प्राप्त गर्नका लागि निश्चित स्तर भन्दा माथीको सीप र ज्ञानको परीक्षणको लागि (Nursing Care Skills Evaluation Test) दिएर पास गर्नु अनिवार्य हुन्छ । त्यसैगरी जापानी भाषा क्षमता जाँच(चेक) गर्नका लागि (जापान फाउन्डेशनको आधारभूत जापानी भाषा परीक्षा (JFT-Basic) पास गर्नुपर्ने अथवा जापानी भाषा प्रविणता परीक्षा (JLPT N4वा सो भन्दा माथि) पास गरेको हुनुका साथै नर्सिङ्ग केयर काम गर्नका लागि आवश्यक जापानी भाषा क्षमता मापन गर्ने (Nursing Care Japanese Language Evaluation Test) परीक्षा दिएर पास गर्नुपर्ने शर्त रहेको छ ।

पारिवारिक सहयोगी (परिवारहरु सङ्गै जापान आउने) को सम्बंधमा भने कुनै अनुमती दिइएको छैन । जापानमा आधारभूत कार्यअवधी १ वर्षको हुन्छ र यसलाई प्रत्येक ६ महिना अथवा ४ महिनामा नविकरण गर्न सकिन्छ । कुल गरी ५ वर्षसम्म विस्तार गर्न सकिन्छ । यदी तपाईहरुले ५ वर्ष भित्र “सर्टिफाइड केयर वर्कर” को योग्यता प्राप्त गरिसक्नु भयो भने, निबासको स्थिती परिवर्तन गरेर जापानमा निरन्तर काम गर्न सक्नुहुन्छ । साथै आफ्नो परिवारलाई ल्याउन सक्नु हुनेछ । कहाँ, कसरी काम गर्न सकिन्छ भन्ने विषयमा तपाईहरुले चिन्ता लिनु पर्दैन । तर किन तपाईहरुलाई सहयोग गर्नका लागि मानव संसाधान लिने सङ्गठनहरु र रेजिष्ट्रेसन सहयोग संस्थाहरु रहेका छन । यदी तपाईहरुले अर्को कम्पनीमा काम परिवर्तन गर्न चाहानु भएमा पहिलेको जस्तै नर्सिङ्ग केयर सम्बन्धित अर्को कम्पनीमा काम परिवर्तन गर्न सक्नु हुनेछ ।

नर्शिङ्ग केयर सम्बन्धित निर्दिष्ट सीप मुल्यांकन परीक्षा अन्तर्गत [Nursing Care Skills Evaluation Test], र [Nursing Care Japanese Language Evaluation Test], जापानी भाषा क्षमता मापन गर्ने परीक्षा, गरी ३ किसिमका परीक्षा समावेश गरिएका छन।

Nursing Care Skills Evaluation Test र Nursing Care Japanese Language Evaluation Test लाई ,नर्सिङ्ग क्षेत्रमा आवश्यक पर्ने पेशागत सीप र जापानी भाषाको दक्षता मापन गर्ने माध्यम भएकोले प्रत्येक क्षेत्रमा तुरुन्त प्रयोग गर्न सकिने स्तर अनुरुपको मापदण्डलाई मध्य नजर गर्दै तयार गरिएको छ।
जापानी भाषा दक्षता स्तरलाई जापान फाउन्डेशनको आधारभूत जापानी भाषा परीक्षा अथवा जापानी भाषा प्रविणता परीक्षा JLPT (N4 भन्दा माथि आवश्यक) द्वारा मापन गरिएको छ।

निम्न तिन प्रकारका परीक्षाका सन्दर्भमा क्रमश वर्णन गर्दछौः
१. जापान फाउन्डेशनको आधारभूत जापानी भाषा परीक्षा (Japan Foundation Test For Basic Japanese, JFT-Basic) अथवा जापानी भाषा प्रविणता परीक्षा (JLPT N4 भन्दा माथि)

२. Nursing Care Japanese Language Evaluation Test (नर्सिङ्ग केयर जापानी भाषा मुल्यांकन परीक्षा)
३. Nursing Care Skills Evaluation Test (नर्सिङ्ग केयर सीप मुल्यांकन परीक्षा)

जापान फाउन्डेशनको आधारभूत जापानी भाषा परीक्षा(JFT-Basic)

जापान फाउन्डेशनको आधारभूत जापानी भाषा परीक्षा (Japan Foundation Test For Basic Japanese, JFT-Basic) यस किसिमको परीक्षा हो कि, जसले मुख्यतया रोजगारीको लागि जापानमा आउने विदेशी नागरिकहरुको दैनिक जीवनमा अति आवश्यक पर्ने कम्युनिकेशनका लागि आवश्यक जापानी भाषा दक्षता मापन गरी “केही हद सम्म कुराकानी गर्न सकी, दैनिक जीवनमा असहज महसुस नहुने स्तरको दक्षता” भएको वा नभएको जाचँ गर्ने उद्देश्य राखेको छ।

यो परीक्षा, (लिपि र शब्दभण्डार), (कुराकानी र अभिव्यक्ति), “श्रुतिबोध” (सुनेर बुझ्ने क्षमता) र “पठनबोध” (पढेर बुझ्ने क्षमता) गरी चार खण्डले बनेकोछ। परीक्षा प्रश्नहरु अंग्रेजीमा देखिने भएपनि, Your Language भन्ने बटनमा क्लिक गरेमा आफ्नै भाषामा प्रश्नहरु देख्न र पढ्न सकिन्छ।

परीक्षा विवरण र परीक्षा स्क्रिनको वास्तविक सञ्चालन तरिकाको सन्दर्भमा राम्रोसँग थाह पाउन चाहनुहुन्छ भने तलको लिंकमा गएर चेक गर्नुहोस।

●Japan Foundation Test for Basic Japanese (JFT-Basic) Operation Method (YouTube)जापान फाउन्डेशनको आधारभूत जापानी भाषा परीक्षा(JFT-Basic)प्रयोग गर्ने तरिका (YouTube)
●For sample questions, please see here.नमुना प्रश्नहरुका लागि तलको लिंकमा जानुहोस।

CBT(Computer Based Testing) ढाँचाका नमुना प्रश्नहरु बाट प्रत्येक वर्गका प्रश्नका ढाँचा, विवरण, श्रेणीहरूको सूचक पक्का गर्न सकिन्छ।
※नोट- (यदी तपाई CBT अपरेशन स्क्रीनको अनुभव लिन चाहनुहुन्छ भने कंप्युटरमा Browsing गर्दा ठिक हुनेछ। वास्तविक परीक्षाको प्रश्न स्क्रिन भन्दा अलि फरक हुन्छ। )

जापानी भाषा प्रविणता परीक्षा (JLPT)

जापानी भाषा प्रविणता परीक्षा (JLPT) भनेको, जापानी भाषा मातृभाषा नभएका नागरिकहरुको जापानी भाषाको क्षमता मापन गरी प्रमाणित गर्ने परीक्षा हो। यस परीक्षा अन्तर्गत N1、N2、N3、N4、N5गरी पाँचवटा लेभल रहेको हुन्छ। सबभन्दा सजिलो लेभल N5 हो र सबभन्दा गाह्रो लेभल N1हो। निर्दिष्ट सीपप्राप्त कामदार (i) नर्सिङ्ग केयरका लागि आधारभुत जापानी भाषा बुझ्न सक्ने लेभल जापानी भाषा प्रविणता परीक्षा JLPT N4 भन्दा माथि आवश्यक पर्नेछ।

To check the certification standards for each level, please see here.प्रत्येक लेभलको अनुमानित प्रमाणिकरण (Estimated certification) को लागी ,कृपया यहाँ चेक गर्नुहोस।

●For sample N4 questions, please see here.JLPT N4 नमुना प्रश्न हरुका लागि तलको लिंकमा चेक गर्नुहोस:
●To check the test dates and locations, please see here.परीक्षाको मिति र स्थानका सन्दर्भमा तलको लिंकमा चेक गर्नुहोस।

Nursing Care Japanese Language Evaluation Test (नर्सिङ्ग केयर जापानी भाषा मुल्यांकन परीक्षा)

Nursing Care Japanese Language Evaluation Test भनेको नर्सिङ्ग केयरको काम गर्दा प्रयोग हुने शब्दहरु बुझ्नुहुन्छ कि हुदैन भन्ने स्तर जाँच गर्ने परीक्षा हो। परीक्षा समय ३० मिनेट र प्रश्न संख्या १५ वटा हुनेछ। यस अन्तर्गत नर्सिङ्ग केयरको शब्द (५ प्रश्न), नर्सिङ्ग केयरको कुराकानी र बोलिचाली (५ प्रश्न), नर्सिङ्ग केयरको कागजात (५ प्रश्न) रहेको छ।

●For sample questions, please see here.नमुना प्रश्नहरुका लागि तलको लिंकमा चेक गर्नुहोसः

Nursing Care Skills Evaluation Test (नर्सिङ्ग केयर सीप मुल्यांकन परीक्षा)

Nursing Care Skills Evaluation Test को उद्देश्य भनेको नर्सिङ्ग केयर काम गर्नका लागि आवश्यक पर्ने दक्षता र सोच्ने तरिकाका आधारमा प्रयोगकर्ताको शारीरिक र मानसिक अवस्था अनुसारको हेरचार केही हदसम्म गर्न सक्ने स्तरको मापन गर्ने हो। परीक्षा समय ६० मिनेट र प्रश्न संख्या ४५ वटा हुन्छन्। यस अन्तर्गत विषय परीक्षा ४० प्रश्न र व्यावहारीक परीक्षा ५ प्रश्न समावेश गरिएको छ।

विषय परीक्षा ४०प्रश्नको विवरणः
– नर्सिङ्ग केयरको आधार (१०प्रश्न)
– मन, मस्तिष्क र शरीरको संरचना (६प्रश्न)
– कम्युनिकेशन सीप(४प्रश्न)
– दैनिक जीवनयापन सहायता सीप(२०प्रश्न)

व्यावहारीक परीक्षा: ५ प्रश्नः
विचार गर्नसक्ने क्षमता र परीक्षा ईत्यादीको आधारमा व्यावहारीक परीक्षा प्रश्नहरु रहेको छ।
– नोट: (फोटो ईत्यादी देखाएर, सही नर्सिङ्ग केयर प्रकृया विभाजन गत्र्सक्ने क्षमता र जजमेंन्ट, ईत्यादी क्षमता मापन गर्ने परीक्षा)

●For sample questions, please see here.नमुना प्रश्नहरुका लागि तलको लिंकमा चेक गर्नुहोसः
●For an overall outline and more information on the test, please also refer to the link below.परीक्षाको विस्तृत अवलोकनको विवरणका लागि तलको लिंकमा चेक गर्नुहोसः

कस्तो अवस्थामा परीक्षा दिन आवश्यक पर्दैन

EPA(Economic Partnership Agreement)(आर्थिक साझेदारी सम्झौता) अन्तर्गत जापानमा आएका EPA Candidate for “Kaigofukushishi”(Certified care worker)(सर्टिफाइड केयर वर्करका उम्मेदवार)(ईन्डोनेशिया, फिलिपिन्स, र भियतनाम मात्रमा लागु) भएर जापानमा प्रवेश गरी, ४ वर्ष सम्म नर्सिङ्ग केयर होम हरुमा रोजगारी, प्रशिक्षणमा राम्रो सँग संलग्न भएका माथि उल्लेखित देशका नागरिकहरु र “Technical Intern Training (ii)” (सीप प्रशिक्षण २) पूर्ण गरेका विदेशी नागरीकहरुका लागि आवश्यक पर्ने सीप स्तर र जापानी भाषा क्षमता स्तर पूर्ण भएको मानी, अघिल्लो पेजमा उल्लेख गरिएका सीप परीक्षा र जापानी भाषा परीक्षा दिनु नपर्ने गरी “निर्दिष्ट सीपप्राप्त कामदार (i)” मा परिवर्तन गर्न सकिन्छ।
तर, नर्सिङ्ग केयर क्षेत्र बाहेकमा “Technical Intern Training (ii)” पूर्ण गरेका विदेशी नागरिकहरुका हकमा भने जापानी भाषा क्षमता मापन गर्ने परीक्षाका केही भागहरुमा छुट हुनेछ। तर Nursing Care Skills Evaluation Test (नर्सिङ्ग केयर सीप मुल्यांकन परीक्षा) र Nursing Care Japanese Language Evaluation Test (नर्सिङ्ग केयर जापानी भाषा मुल्यांकन परीक्षा) भने दिनु अनिवार्य छ।

●For more information about EPA candidates to be Certified Care Workers, please see here.EPA सर्टिफाइड केयर वर्करका उम्मेदवारका सन्दर्भमा जान्नका लागि तलको लिंकमा जानुहोसः

Nursing Care Japanese Language Evaluation Test (नर्सिङ्ग केयर जापानी भाषा मुल्यांकन परीक्षा) र Nursing Care Skills Evaluation Test (नर्सिङ्ग केयर सीप मुल्यांकन परीक्षा) हरुको आवेदन दिने तरिका

स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयको वेबसाइटमा निर्दिष्ट सीपप्राप्त कामदार प्रणालीका सन्दर्भमा विस्तृत रुपमा परिचय दिईएको छ र परीक्षा आवेदन प्रकृयाको सन्दर्भमा (परीक्षा सन्चालन गर्ने प्रोमेट्रीक कंपनीको वेबसाइट, अर्को वेबसाइटमा जानेछ ।) जानकारी दिईएको छः (external link to the website for Prometric Japan Co., Ltd., entity that conducts the tests).

※-प्रत्येक परीक्षा स्थानको विवरणका लागि, तलको “परीक्षा स्थान सुची” लाई चेक गर्नुहोस। जापान भन्दा बाहिरको परिक्षा स्थलका लागी, परिक्षा दिन चाहानु भएको देश छनौट गरेपछी विवरणहरु चेक गर्नुहोस।
※- नोट: परीक्षाको समय तालिका समय-समयमा अपडेट हुने भएकोले ताजा जानकारी प्राप्त गर्नका लागि URL खोले पछि पेजको अपडेट गर्नु उचित हुनेछ।

निर्दिष्ट सीपप्राप्त कामदार (i) नर्सिङ्ग केयरको निवाशको स्थिती प्राप्त गर्नको लागि, परीक्षाको लागि अध्ययन गर्ने दुई तरिका रहेका छन। तपाईहरु आफैले पाठ्यपुस्तक ईत्यादी प्रयोग गरेर पढने वा जापानी भाषा स्कुलमा भर्ना भएर पढने, दुई प्रकारका माध्यम रहेका छन। यो लेखमा मुख्यतया आफैले अध्ययन गर्न चाहानेहरुका लागि, प्रयोग गर्दा राम्रो हुने पाठ्यपुस्तक र वेबसाइटका सन्दर्भमा परिचय दिनेछौं।

जापानी भाषाको अध्ययन गर्ने तरिका

निर्दिष्ट सीप परीक्षाको अध्ययनका लागि मात्र नभएर जापानमा जीवनयापन गर्नका लागि पनि भाषा अति आवश्यक हुन्छ। जापानमा काम गर्नु हुने विदेशी नागरिकहरुलाई जापानी भाषा कसरी अध्ययन गर्नुभएको भन्ने सन्दर्भमा सोधेका थियौं। “जापानी एनिमेसन हेर्दा त्यहाँ प्रयोग गरिने जापानी भाषाका शब्दहरु एक-एक गरेर नोट बुकमा लेखेर सम्झींने गरेर जापानी भाषाको अध्ययन गरे।” ईन्डोनेसियाका DIO ले भन्नु भयो।

जापान फाउन्डेशन जापानी भाषा अन्तर्राष्ट्रिय केन्द्रले JFT-Basic को परिक्षा तयारीका लागी उपयोगी हुने निम्नानुसारका शिक्षण सामग्रीहरु प्रदान गरिरहेको छ। सबै निशुल्क प्रयोग गर्न सकिने भएकोले, कृपया जापानी भाषा अध्ययनका लागी प्रयोग गर्नुहोला।

IRODORI जापानी जिवनको जापानी भाषा (IRODORI Japanese for life in japan)

जापानी भाषा कोर्स बुक “Irodori: Japanese for Life in Japan”IRODORI जापानी जिवनको जापानी भाषा”” भनेको, विदेशी नागरिकहरुले जापानमा जिवनयापन र काम गर्दा आवश्यक पर्ने आधारभुत जापानी भाषाको कम्युनिकेसन सिप हासिल गर्ने शिक्षण सामाग्री हो। जापानी जिवनको विभिन्न परिस्थिती र विषयवस्तुहरु समाबेश गरेको हुँदा, वास्तवमै प्रयोग हुने जापानी भाषाको कम्युनिकेसन प्रभावकारी ढंगले सिक्न सकिनेछ। प्रत्येक खण्डको अध्ययन उद्देश्यलाई Can-do (“गर्न सक्छ” भन्ने अर्थ जनाउने वाक्य) को बनावट अनुसार प्रस्तुत गरी, त्यो भागको अध्ययनले (सक्षम)”जापानी भाषामा के-कति गर्न सक्छ” भन्ने कार्य प्रदर्शन क्षमतालाई श्रेणी सूचक मानेको छ।

 

JF जापानी भाषा E-लर्निङ मिनातो (JF Japanese e-Learning Minato)

Japanese learning platform

विभिन्न जापानी भाषा अनलाईन कोर्स (प्रतिबर्ष लगभग १५० कोर्स) प्रदान गर्ने जापान फाउन्डेशन अन्तर्राष्ट्रिय केन्द्रको जापानी भाषा अध्ययन गर्ने प्लेट फर्म हो। रजिष्ट्रेसन गर्नुभयो भने, जुनसुकै समयमा पनी इन्टरनेट मार्फत जापानी भाषाको अध्ययन गर्न सकिन्छ। त्यसबाहेक जापानी भाषा अध्ययन वेबसाइट र एप्लिकेसनको लिंकपनी समावेश छ।

Nursing Care Skills Evaluation Test(नर्सिङ्ग केयर सीप मुल्यांकन परीक्षा) र Nursing Care Japanese Language Evaluation Test(नर्सिङ्ग केयर जापानी भाषा मुल्यांकन परीक्षा)को परीक्षा तयारी पुस्तक

जापान सर्टिफाइड केयर वर्कर संघद्वारा प्रकाशित, नसिर्ङ्ग केयर क्षेत्र निर्दिष्ट सीपप्राप्त कामदार (i) को मुल्यांकन परीक्षा सम्बन्धित पुस्तक अवश्य प्रयोग गरेर हेर्नुहोस। जापानी भाषा संस्करणका अतिरिक्त दस वटा देशहरुको भाषामा प्रकाशित गरिएको छ। यो पुस्तकमा Nursing Care Skills Evaluation Test र Nursing Care Japanese Language Evaluation Test को तयारी गर्नका लागि उपयोगी सामग्रीहरु हुनुका साथै वास्तविक रुपमा नर्सिङ्ग केयर क्षेत्रमा काम गर्दा प्रयोग हुने विषयवस्तुहरु समेटिएका छन।

Nursing Care Evaluation Test for Specified Skilled Workers Textbook:
https://aft.kaigo-nihongo.jp/rpv/Nursing Care Skills Evaluation Test(नर्सिङ्ग केयर निर्दिष्ट सीप मुल्यांकन परीक्षा)को अभ्यास पुस्तिका

नसिर्ङ्ग केयरको जापानी भाषा सिक्न सकिने “जापानी भाषा सिकौं” (Nihongo wo Manabou) वेबसाइट”

जापान सर्टिफाइड केयर वर्कर संघद्वारा सन्चालित “जापानी भाषा सिकौं” अनलाईन अभ्यास साइटमा नर्सिङ्ग केयर क्षेत्रमा अति आवश्यक पर्ने आधारभूत नर्सिङ्ग सीपहरु र जापानी भाषा (लगभग N3 लेभल) व्यावहारीक रुपमा सिक्न सकिने उद्देश्यले बनाइएको हो। निशुल्क सिक्न र अभ्यास गर्न सकिने भएकोले अवश्य प्रयोग गर्नुहोस।

Link
International care worker support website “Nihongo wo Manabou”:
https://aft.kaigo-nihongo.jp/rpv/अन्तर्राष्ट्रिय नर्सिङ्ग केयर मानव संसाधन समर्थन वेबसाइट:”Nihongo wo Manabou”

विदेशी नागरिकहरु शान्ती र राहतका साथ जापानमा आएर नर्सिङ्ग केयरको काम गर्न सकुन भनेर जापान सरकार, स्थानीय सरकार, औध्योगिक क्षेत्र, सुबिधा सेन्टर इत्यादीहरुले विभिन्न प्रकारका सहयोग र समर्थन प्रदान गरिरहेका छन । नर्सिङ्ग केयरको काम संबन्धित सहयोग मात्र नभएर भाषाको समस्या र जीवनको आधारभूत कुराहरुसम्म व्यापक रुपमा पूर्ण समर्थन प्रदान गरिरहेका छन ।

१० किसिमका समर्थन विषय वस्तु (सेप्टेम्बर २०२० सम्म)

जापानमा अप्रिल २०१९ मा जारी गरिएको नयाँ निवासको स्थिती (निर्दिष्ट सीपप्राप्त कामदार) अन्तर्गत निर्दिष्ट सीपप्राप्त कामदार (i) को विदेशी नागरिकहरु स्वीकार गर्दा, जापानी पक्षको स्वीकार गर्ने संस्थाले समर्थन योजना अनिवार्य बनाउनु पर्ने प्रावधान रहेको छ ।[1] समर्थन योजना भित्र १० किसिमका समर्थन विषयवस्तु समावेश गरिएको छ । यस विषयवस्तुहरुको विवरण निम्नानुसार रहेको छ । (See here for details: https://www.meti.go.jp/press/2019/08/20190809002/20190809002-1.pdf(विवरणको लागि यस लिंकमा जानुहोस))

[1] 出入国在留管理庁「在留資格「特定技能」について 」Immigration Bureau of Japan ““Specified Skills” Residence Status”

(१) अग्रिम मार्ग दर्शन
(२) जापानमा प्रवेश गर्दा र छोड्दा पिक-अप र ड्रप-अफ
(३) आवाश सुरक्षा र दैनिक जीवनलाई आवश्यक अनुबन्ध समर्थन
(४) जीवनको अभिमूखिकरण
(५) सार्वजनिक प्रक्रियाहरू, आदिका लागि साथ दिने

(६) जापानी भाषा सिक्ने अवसर प्रदान गर्ने
(७) परामर्श, गुनासोहरुको जवाफदेहिता
(८) जापानी नागरिकहरु संगको एक्सचेन्जमा बढावा दिने
(९) रोजगार परिवर्तनका लागि समर्थन (कर्मचारी कटौती, आदिको परिस्थितिमा)
(१०) नियमित साक्षात्कार, सरकारी एजेन्सीहरुलाई रिपोर्ट गर्ने

विदेशी नर्सिङ्ग केयर वर्करहरुको सक्रीय भूमिकाका लागि तिन प्रकारको समर्थन

वित्तीय वर्ष २०१९ (Fiscal Year 2019) स्वास्थ्य, श्रम र कल्याण मन्त्रालय वृद्धहरूको स्वास्थ्य र स्वास्थ्य प्रवर्द्धन संस्थाहरु (नर्सिङ्ग केयर वैदेशिक मानव संसाधन स्वीकार गर्ने वास्तविक अवस्था सन्दर्भमा सर्भेक्षण र अनुसन्धान परियोजना)[2]मार्फत तयारी गरिएका गाइड बुकबाट, विदेशी नागरिकहरुलाई जापानमा स्वीकार गर्दाका पोइन्ट संबन्धमा केही आंशिक भाग रहेको छ । तपाईहरुले जापानमा आएर सक्रिय भूमिका खेल्न सक्ने बनाउनका लागि सम्बन्धित व्यावसायीहरु लक्षित गरिएको महत्वपूर्ण विषय वस्तु हो ।

[2]三菱UFJリサーチ&コンサルティング株式会社 「外国人介護職員の受入れと活躍支援に関するガイドブック」Mitsubishi UFJ Research & Consulting Co.,Ltd. “Guidebook for Accepting and Supporting Foreign Care Workers”

१.कार्यस्थलको अवधारणा समर्थन (उदाहरण)

जापानको व्यावसायिक कार्यलयहरुमा, विदेशी नागरिकहरु निश्चिन्ताका साथ आफ्नो कार्यस्थलमा लामो अवधी सम्म काम गर्न सक्षम हुनसक्ने वातावरण सिर्जना गर्नका लागि विभिन्न तयारीहरु गरिरहेको छ । केहि उदाहरणका यसप्रकार छन्
१. विदेशी नागरिकहरु स्वीकार गर्नुका उद्देश्यहरु अग्रीम रुपमा नै कर्मचारीहरुसंग सेयर गर्ने गरेका छौं ।
२.नर्सिङ्ग केयर कामको मानकीकरण र शब्दहरुको प्रयोग गर्ने तरिकाको समिक्षा गर्ने गरेका छौं ।
३.जापानको कार्यस्थलमा पालना गर्नुपर्ने आधारभूत नियमहरु सिकाउने कोसिस गर्दैछौ ।
४.विदेशी नर्सिङ्ग केयर वर्करहरुको संस्कृती र जीवनशैली परम्परा बुझ्ने कोसिस गर्दछौं ।

२.जीवनका पूर्वाधारहरु तयारीका लागि समर्थन (उदाहरण)

जापानको जीवनमा छिटो भन्दा छिटो अभ्यस्त हुनका लागि कार्यस्थल मात्र नभएर जीवनयापनका लागि पनि सहयोग र समर्थन गर्ने प्रणाली निर्माण गरिरहेका छन । केही उदाहरण यसप्रकार छन्,
१. दैनिक आवश्यकताहरू, जस्तै आवास र सम्झौताको समर्थन, फर्नीचर र अन्य उपकरणहरू सापटी दिने, मोबाइल फोन लिने प्रक्रियाहरूमा समर्थन गर्ने, र इन्टरनेट को प्रयोग गर्न सक्ने वातावरणको सिर्जना गर्ने, इत्यादी जस्ता सहयोग पुर्‍याउने कोसिस गर्दैछौं ।
२. खानाहरु खाने तरिका र सपिङ्ग गर्ने तरिका, शौचालय र (ओफुरो) बाथटबमा नुहाउने तरिका र प्रयोग गर्ने तरिका, अस्पताल जाने र औंषधीहरु किन्ने तरिका, रेल र बसहरु चढ्ने तरिका, फोहरमैला फाल्ने नियम र शिष्टाचार, कोलाहल र हल्ला नगर्ने, इत्यादिका सन्दर्भमा सिकाउने कोसिस गर्दछौं ।
३. भिसा संबन्धित प्रक्रियाहरू, निवास रेजिष्ट्रेसन, राष्ट्रीय स्वास्थ्य विमा रेजिष्ट्रेसन र भुक्तानी आदिको समर्थन र सहयोग गर्ने कोसिस गरिरहेका छौं ।
४. शारीरिक अवस्थाको चेक जाचँ र मानसिक पक्षको सहयोग र समर्थन सुधार गर्न कोसिस गरिरहेका छौं ।

३.स्थानीय समुदायमा घुलमील हुनका लागि सहयोग र समर्थन
विदेशका नागरिकहरु र कार्यालयहरू वरिपरिको समुदाय बीच पनि सम्बन्ध निर्माण गर्ने कोसिस गरिरहेका छौं । उदाहरणको लागि, विभिन्न कार्यक्रमहरुमा स्थानीय बासिन्दाहरूलाई आमन्त्रीत गर्ने र विदेशी कर्मचारीहरुलाई स्थानीय कार्यक्रमहरुमा सहभागी र सहयोग प्रदान गर्ने जस्ता कुराहरु रहेका छन ।

विभिन्न सार्वजनिक समर्थन सर्भिस

विदेशी नर्सिङ्ग केयर वर्करहरुले प्रयोग गर्न सक्ने समर्थन सर्भिसहरुको केही भागको परिचय दिनेछौं । जापानमा आएर मानसिक शान्तीका साथ ढुक्क भएर काम गर्न सक्ने वातावरण बनाउनका लागि विभिन्न समर्थन सर्भिसहरु प्रदान गरिएको छ ।

Japan International Corporation of Welfare Services (JICWELS)

वैदेशिक मानव संसाधनहरु जापानको नर्सिङ्ग केयर कार्यस्थलमा लाभान्वित र आकर्षित महसुस गरी, आफूमा भएको अनुभव र क्षमता पूर्णरुपमा प्रयोग गरी मानसिक शान्तीका साथ काम गर्ने वातावरण सिर्जना गर्ने पहल गरिएको छ ।

वैदेशिक नर्सिङ्ग केयर मानव संसाधनहरुको एकआपसमा एक्सचेन्ज अवसरहरु प्रदान गर्ने देखी लिएर वैदेशिक नर्सिङ्ग केयर मानव संसाधनहरुको नर्सिङ्ग केयर काम संबन्धित चिन्ता र समस्याहरु, दैनिक जीवन र सामाजिक जीवनका चिन्ता र समस्याहरु संबन्धित विषयहरुमा परामर्श इत्यादी प्रदान गरेका छौं ।

जापान सर्टिफाइड केयर वर्कर संघ

अध्ययनको संबन्धमा उच्च प्रभावकारिता प्रदर्शन गर्नका निमित्त सबै भन्दा पहिले, अध्ययनकर्ता स्वंयमले स्वायत्त रुपमा लगनशील हुन अति आवश्यक हुन्छ । उक्त वातावरण प्रदान गर्नका लागि「जापानी भाषा सिकौं」(NIHONGO WO MANABOU) उपलब्ध छ । जापानी भाषा क्षमता (N3 लेभल) र आधारभूत नर्सिङ्ग केयर सिप प्राप्त गर्ने उद्देश्य राखेको छ । थप रुपमा, विभिन्न परीक्षाको तयारी र प्रशिक्षकहरुका लागि अध्यापन सामाग्री, साथै, SNS मार्फत जानकारीहरु साझेदारी गर्ने, प्रयोग कर्ता एकआपसमा कम्युनिकेसन गर्ने स्थान प्रदान गर्दछ ।「नर्सिङ्ग केयरको जापानी भाषा」र「Nursing Care Skills Evaluation Test」को अध्ययन पुस्तक पनि हेर्न र ब्राउजी गर्न सकिन्छ ।
जापानी भाषाको अतिरिक्त, अंग्रेजी, खमेर भाषा, इन्डोनेसियन भाषा, नेपाली भाषा, मङ्गोलियन भाषा, बर्मेली भाषा, भियतनामी भाषा, चाइनिज भाषा,थाई भाषा गरी ९ वटा देशको भाषामा तयार गरिएको छ ।

स्वास्थ्य, श्रम र कल्याण मन्त्रालय

“Multilingual information”

・「बहुभाषी जानकारी (Multilingual information)मार्फत COVID-19 को सन्दर्भमा विभिन्न देशको भाषा स्पष्टिकरण गरिएको छ। (भियतनामी भाषा, थाई भाषा, तागालोग भाषा, इन्डोनेसियन भाषा, नेपाली भाषा, हरुका लागि पोस्टर र पर्चा डाउनलोड गर्न सकिन्छ ।)
・「がいこくじんのみなさまへ しごとやせいかつのしえんについて(विदेशी महानुभावहरुका लागि, काम र जीवनको समर्थनका सन्दर्भमा)」भित्र, जापानमा काम गरिरहेका र बसोबास गरिरहेका विदेशी महानुभावहरुका लागि विभिन्न जानकारीहरु सजिलो जापानी भाषा र बहुभाषामा प्रकाशित गरिएको छ ।

टोकियो महानगरपालिका

टोकियो महानगरपालिका बासीहरुको लागि हो र सन २०१८ अप्रिल संस्करणको अंग्रेजी, चाइनीज, कोरियन भाषा संस्करणको पमप्लेट सामिल गरिएको छ ।