प्रणाली / व्यवसाय विवरण

“दर्ता गरिएका सहायता संस्थाहरू” छन । व्यक्तिगत अथवा समूहगत संस्थाहरुले, विदेशी मानव संसाधन स्विकार गर्ने संस्थाहरुबाट कन्साइनमेन्ट लिएर निर्दिष्ट सीप भएका विदेशी नागरिकहरुका लागि सहायता योजनामा आधारित रहेर आवासीय पक्ष र दैनिक जीवनका आवश्यकीय कुराहरुको सहयोग र सम्झौताको समर्थन गर्ने छन ।

प्रत्येक देश अनुसार, पठाउने संस्थाहरुको नियममा निर्भर गर्दछ ।

निर्दिष्ट सीप प्रणाली अन्तर्गत, पारिवारिक सहयोगी(परिवारहरु सङ्गै जापान आउने) को सम्बंधमा भने कुनै अनुमती दिइएको छैन । यदी तपाईहरुले ५ वर्ष भित्र “सर्टिफाइड केयर वर्कर” को योग्यता प्राप्त गरिसक्नुभयो भने, निवाशको स्थिती परिवर्तन गरेर जापानमा निरन्तर काम गर्न सक्नु हुन्छ । साथै आफ्नो परिवारलाई ल्याउन सक्नु हुनेछ ।

जापानी भाषा प्रवीणता परीक्षाको N4 लेभल (आधारभूत जापानी भाषा बुझ्न सक्ने स्तर) आवश्यक छ।

शारीरिक देखभाल (प्रयोगकर्ताको शारीरिक र मानसिक अवस्था अनुसार नुहाउने केयर, खानाको केयर, दिसापिसाबको लागि सहयोग, इत्यादि) यस बाहेक संबन्धित कामको समर्थन (मनोरन्जनका कार्यहरु कार्यान्वयन, कार्यात्मक प्रशिक्षणका लागि सहयोग, इत्यादी) ।
※ घर भ्रमण संबन्धित सेवाहरु गर्नुपर्दैन ।

समान वर्गमा रोजगारहरू परिवर्तन गर्ने अनुमती दिइएको छ। यदि परीक्षा, आदि मार्फत कामदारको सीप स्तरलाई नयाँ पदमा आवश्यक भएको सीप स्तरसँग तुलना गर्न मिल्ने रूपमा पहिचान गरिन्छ भने समान उल्लेखित उद्योग क्षेत्रको अर्को वर्गमा रोजगार परिवर्तन गर्ने अनुमति दिइएको छ। नर्सिङ्ग केयरको संबन्धमा भने अर्को नर्सिङ्ग केयर होम वा सुबिधा सेन्टरहरुमा परिवर्तन गर्न सम्भव छ ।

नर्सिङ्ग योग्यता हुनु आवश्यक पर्दैन। निर्दिष्ट सीप अन्तर्गत काम गर्नका लागी निर्दिष्ट सीपको परीक्षा पास गर्नु पर्छ।

जापानबाट फर्केपछि, केही व्यक्ति जापानमा हासिल गरेका सीपहरूको उपयोग गरेर दीर्घकालीन नर्सिङ्ग केयर कार्यमा संलग्न छन्, र केहि दीर्घकालीन नर्सिङ्ग केयर प्रशिक्षकको रूपमा सक्रिय छन्।

जापानमा आएर ३ बर्ष भन्दा बढी काम गर्दै नर्सिङ्ग केयरको अध्ययन गर्नाले, “”सर्टिफाइड केयर वर्कर”” भन्ने राष्ट्रिय योग्यताको परिक्षा दिन सकिन्छ ।
केहि व्यक्तिहरू जसले निर्दिष्ट सीप “”नर्सिङ्ग केयर”” अन्तर्गत काम गरिरहेका छन्, उनिहरुले राष्ट्रिय योग्यता पास गर्ने लक्ष्य राखेका छन ।
कृपया तपाईंलेपनि, काम गर्न सुरु गरिसके पछि पनि राष्ट्रिय योग्यता प्राप्त गर्ने सोँचले नर्सिङ्ग केयरको अध्ययन गर्न सक्दो प्रयास गर्नुहोस्।

परीक्षा

निर्दिष्ट सीप मुल्यांकन परीक्षा अन्तर्गत “”Nursing Care Skills Evaluation Test (नर्सिङ्ग केयर सीप मुल्यांकन परीक्षा)”” र “”Nursing Care Japanese Language Evaluation Test (नर्सिङ्ग केयर जापानी भाषा मुल्यांकन परीक्षा)””, जापानी भाषाको क्षमता मापन गर्ने परीक्षा गरेर जम्मा तिन प्रकारका परीक्षा हुने छन । [Nursing Care Skills Evaluation Test] र [Nursing Care Japanese Language Evaluation Test] लाई, नर्सिङ्ग क्षेत्रमा आवश्यक पर्ने पेशागत सीप र जापानी भाषाको दक्षता मापन गर्ने माध्यम भएकोले, प्रत्येक क्षेत्रमा तुरुन्त प्रयोग गर्न सकिने स्तर अनुरुपको मापदण्डलाई मध्यनजर गर्दै तयार गरिएको छ ।
जापानी भाषा दक्षता स्तरलाई [जापान फाउन्डेशनको आधारभूत जापानी भाषा परीक्षा (JFT-Basic)] अथवा [जापानी भाषा प्रविणता परीक्षा (JLPT N4 वा त्यसभन्दा माथि आवश्यक)] द्वारा मापन गरिएको छ ।

परीक्षा सन्चालन गर्ने प्रोमेट्रीक कंपनीको वेबसाइट (Prometric’s website) बाट आवेदन दिन सकिन्छ । त्यसैगरी, स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयको वेबसाइटबाट पनि परीक्षा आवेदन प्रकृयाको ’boutमा (परीक्षा सन्चालन गर्ने प्रोमेट्रीक कंपनीको वेबसाइटको (Prometric’s website) बाह्य्य लिंक -अर्को वेबसाइटमा) जानाकारी दिईएको छ ।

विगतमा जापान बसेको अनुभव नभएतापनि परीक्षा उद्देश्यका लागी “छोटो अवधि” को निवासको स्तिथी मार्फत जापान प्रवेश गरी परीक्षा दिन सकिन्छ । साथै, जापान बाहिर पनि परीक्षा दिन सकिन्छ । मार्च २०२१ सम्म, कंबोडिया, इन्डोनेसिया, मंगोलिया, म्यानमार, नेपाल, फिलिपिन्स, थाइल्यान्ड जस्ता देशहरुमा परीक्षा सन्चालन भइरहेका छन ।

EPA(Economic Partnership Agreement)(आर्थिक साझेदारी सम्झौता) अन्तर्गत जापानमा आएका EPA Candidate for ”Kaigofukushishi”(Certified care worker)(सर्टिफाइड केयर वर्करका उम्मेदवार) भएर जापानमा प्रवेश गरी, ४ वर्षसम्म नर्सिङ्ग केयर होमहरुमा रोजगारी, प्रशिक्षणमा राम्रोसँग संलग्न भएका र ”Technical Intern Training (ii) (सीप प्रशिक्षण २)” पूर्ण गरेका विदेशी नागरीकहरुका लागि आवश्यक पर्ने सीप स्तर र जापानी भाषा क्षमता स्तर पूर्ण भएको मानी, परीक्षा दिनु नपर्ने गरी ”निर्दिष्ट सीपप्राप्त कामदार (i)” मा परिवर्तन गर्न सकिन्छ । तर, नर्सिङ्ग केयर क्षेत्र बाहेकमा ”Technical Intern Training (ii) (सीप प्रशिक्षण २)” पूर्ण गरेका विदेशी नागरिकहरुका हकमा भने जापानी भाषा क्षमता मापन गर्ने परीक्षाका केही भागहरुमा छुट हुने छ । तर,*(Nursing Care Skills Evaluation Test) र (Nursing Care Japanese Language Evaluation Test) भने दिनु अनिवार्य छ ।

जापानी सरकारले निर्दिष्ट सीप अन्तर्गत काम गर्न सुरु गरेपछि शिक्षा लागतको लागि कुनै छात्रवृत्ति प्रदान गरेको छैन, तर प्रशिक्षणमा समर्थन प्रदान गरिरहेको छ।
थप रूपमा, केहि क्षेत्रहरू र नर्सिङ्ग केयर सुविधा सेन्टरहरूमा भने, उनीहरूको आफ्नै शिक्षा र समर्थन प्रदान गर्ने नितिहरु पनि रहेको छ ।

जापानमा सिक्ने

”जापानी भाषा सिकौं “Nihongo wo Manabou” भन्ने जापानी भाषा अध्ययन गर्न सकिने वेबसाईट उपलब्ध छ। नर्सिङ्ग केयर क्षेत्रमा अति आवश्यक पर्ने आधारभूत नर्सिङ्ग सीपहरु र जापानी भाषा (लगभग N3 लेभल) व्यावहारीक रुपमा सिक्न सकिने उद्देश्यले बनाइएको वेबसाईट हो ।

निर्दिष्ट सिप परिक्षाको लागि तयारी गर्नु र जापानी भाषाको अध्ययन गर्नु राम्रो हुनेछ। जापानी नर्सिङ्ग केयरको तरिका र सिपहरु संबन्धमा नबुझेका कुराहरु काम गर्ने क्रममा सिक्न सक्नुहुनेछ।

जापान बाहेक अन्य देशमा नर्सको योग्यता प्राप्त गर्नेहरूले समेत जापानमा मुख्य नर्सको काम गर्न पाउदैनन्, तर शरीरको संयन्त्र र रोगहरू बुझ्न सक्ने ज्ञान नर्सिङ्ग केयर क्षेत्रमा पनि उपयोगी हुन्छ ।
यदि तपाईं निर्दिष्ट सीप अन्तर्गत काम गर्न चाहानुहुन्छ भने, पाठ्यपुस्तकहरूको प्रयोग गरेर अध्ययन गर्नु राम्रो हुनेछ।

निवास को स्थिति मा निर्भर गर्दछ, तर निर्दिष्ट सिपको को हकमा, यो काम गर्नेको लागी जारी गरिएको निवासको स्थिति भएकोले, विश्वविद्यालयमा पढदै काम गर्न पाईदैन।
यद्यपि अनलाइन र पाठ्यपुस्तकहरु प्रयोग गरी जापानी भाषा अध्ययन र योग्यताको प्राप्तिका लागि अध्ययन गर्ने कुरामा भरपुर सहयोग गरिरहेका छौं ।
थप विवरणहरू, हामी हाम्रो वेबसाइट मार्फत अध्ययन गर्न सकिने साइटहरूको लिंकहरू प्रदान गरेका छौं ।

जापानमा जीवन

JICWELS ले प्रदान गर्ने विदेशी नर्सिङ्ग केयर मानव संसाधन परामर्श सेवा Free consultation services for foreign care workers मा परामर्श गर्नु होस । परामर्श सहयोगको साथसाथै, JICWELS ले नर्सिङ्ग केयर कार्यस्थलमा काम गर्ने विदेशी नागरिकहरुको एक्सचेन्ज इभेन्ट पनि आयोजना गरिरहेको छ ।

नर्सिङ्ग केयर क्षेत्रमा काम गर्दा, कामदारहरूको सुरक्षा र अधिकारको प्रत्याभुती गर्नको लागी कानुनहरु लागू गरिएको हुँदा, तपाईंहरु मानसिक शान्ति संग काम गर्न सक्नुहुन्छ।

काम गर्ने शैलीहरू तपाइँ काम गर्ने सुविधा सेन्टर वा व्यावसायिक कंपनीको सम्झौताको आधारमा निर्धारित गरिन्छ।
सामान्य रुपमा, हप्तामा ४० घण्टा भित्र हुनेगरी, दिनमा ८ घण्टा काम र हप्तामा २ दिनको बिदा हुनेछ ।
थप रूपमा, तपाईं जहाँ काम गर्नुहुन्छ त्यहाँको सुविधा सेन्टर वा कंपनीमा निर्भर हुने गर्दछ, तपाईं रातीको शिफ्ट वा ओभरटाइम काम गर्न सक्नुहुनेछ। कामको सम्झौता गर्नेबेलामा सबैकुरा राम्रोसंग निश्चित गर्नुहोस् ।
त्यसैगरी, अस्थायी रूपमा जापानबाट आफ्नो देशमा फर्कन पनि सम्भव हुन्छ, तर सुविधा सेन्टर वा व्यवसाय कंपनीसंग यी मामिलाहरूको सन्दर्भमा राम्रोसंग अग्रिम परामर्श गर्नुहोस् ।

आवासको सन्दर्भमा, रोजगारदाता सुविधा सेन्टर वा कंपनीको स्थान मा निर्भर गर्दछ, तर सामान्यतया काम गर्ने सुविधा सेन्टर वा कंपनीको नजिकै बस्नुहुनेछ।
सामान्य रुपमा तपाईंले काम गरेर कमाएको पारिश्रमिक भित्रबाट खाना र आवासको लागि भुक्तान गर्नुपर्नेछ, तर काम गर्ने सुविधा सेन्टर वा कंपनी अनुसार तपाईंहरुलाई होस्टेल प्रदान गर्ने वा आवासको भाँडामा सब्सिडी दिने स्थिती पनि हुने गर्दछ । रोजगारदाता कंपनी छनोट गर्दा सबै कुराहरुको जाँच गर्न नबिर्सिनुहोला। 

जापानको राष्ट्रीय स्वास्थ्य बीमामा दर्ता गर्नुपर्ने हुन्छ, यदी तपाई बिरामी पर्नुभयो र मेडिकल खर्च पनि बेहोर्नु पर्‍यो भने तपाईले यसको केही अंश मात्र तिरे पुग्छ, बाकीं खर्च
स्वास्थ्य बीमाले भुक्तानी गर्नेछ।
काम सुरु गर्ने बेलामा रोजगारदाता सुबिधा सेन्टर वा कंपनीमा सबै कुरा राम्रोसंग बुझ्नुहोला ।

नयाँ कोरोना भाइरस

नर्सिङ्ग केयर क्षेत्र भित्र,गम्भीर बिरामी हुने उच्च जोखिमका धेरै वृद्ध मानिसहरू हुनेहुँदा, दृढतापूर्वक संक्रमण नियन्त्रणका लागी काम गरिरहेका छौं।
त्यसकारण, कोरोनाको अवस्था सामान्य भएपछी जापानमा तपाईहरुले मन शान्तिको साथ काम गर्न सक्नुहुनेछ भन्ने विश्वास गरेका छौं ।