埼玉在住、ネパール出身のGhimireさんにインタビューしました。
Ghimire Dharmika
धर्मिका घिमिरे ・जन्म देश: नेपाल ・जापान आगमन वर्ष: 2014 ・योग्यता: नर्सिङ्ग केयर ・जापानी भाषा क्षमता: N3
Interview
किन जापानमा आउनुभयो ? जापानमा जान्छु भन्ने निर्णय गर्नुको कारण के थियो ?
बच्चाको बेलामा अमेरिका र जापानको दोस्रो विश्वयुद्वको ’boutमा पढेको थिए । त्यो बेला जापानको नागासाकी र हिरोसिमाको शब्दहरु सुनेको थिए, त्यसैले जापान गएर नागासाकी र हिरोसिमा हेर्ने इच्छा थियो । त्यो इच्छा पुरा गर्न विद्यार्थी भिसामा जापान आएको हुँ ।
नर्सिङ्ग केयरको काममा रुची राख्नुको कारण के थियो ?
बच्चा बेला देखिनै मलाई बुढाबुढीहरु, बच्चाहरु र असहाय व्यक्तिहरुको सहयोग र सेवा गर्ने भावना मन पर्दथ्यो । त्येही भावनाले गर्दा मैले वृद्वावृद्विहरुको सेवा गर्ने काम रोजेको हो ।
जापानको ’boutमा कस्तो प्रभाव रहेको थियो ?
जापान एउटा विकसित र सुरक्षित देश हो । जुनसुकै कामहरु पनि सुविधायुक्त मेशिनहरु प्रयोग गरेर गर्न सकिन्छ ।
नर्सिङ्ग केयर काम बाट प्राप्त हुने आत्मसन्तुष्टि र नर्सिङ्ग केयर कामको रमाईलोपन के हो ?
एक्लै जिवनयापन गरेर बसेका र आफ्नो काम आफै गर्न नसक्ने मानिसहरुको सेवा गर्न पाउँदा एकदमै खुशी लागेको छ ।
अहिले काम गरिरहनुभएको सुविधा सेन्टरको राम्रो पक्ष के हो ?
मैले काम गर्ने ठाउँमा वृद्वावृद्विहरुका लागी पकाएको खाना कहिलेकाही खाने गरेको छु, त्यो खाना असाध्यै मिठो लाग्दछ ।
अहिले बस्नुभएको ठाउँको राम्रो पक्ष के हो ?
शान्त वातावरणा छ र सामानहरु किन्नका लागी सुपरमार्केट नजिकै छ ।
जापानमा जिवनयापन गर्दाको सबैभन्दा यादगार सम्झना र एपिसोड के हो ?
जापान महिलाहरुको लागी एकदमै सुरक्षित देश हो, त्यसैले मैले यहाँ आएर काम गर्न सकेको छु । जुनसुकै समयमा जहाँ जानपनि केही डर छैन ।
भविष्यका लागि तपाईका लक्ष्य र सपना के के हुन् ?
जापान आएर सिकेका कुराहरु र स्कुलबाट सिकेका कुराहरु बाट नेपालमा गएरपनि वृद्वावृद्विहरुको लागी केही काम गर्न मन लागेको छ ।
जापानमा नर्सिङ्ग केयरको काम गर्ने सोचं बनाउनुभएका महानुभावहरुलाई तपाईको सन्देश के हो ?
नर्सिङ्ग केयरको काम गर्नेहरुलाई प्रत्यक्ष बुढाबुढीसंगको काम भएकोले भाषाको उच्चतम ज्ञान हुन जरुरी छ । काम गर्ने ठाउँ कस्तो छ र आफुले गर्ने कामको सिपको ’boutमा जान्नु जरुरी छ ।
नर्सिङ्ग केयरको काम गरेर खुशी लागेको कुरा के हो ?
वृद्वावृद्विहरुको सेवा गर्दा उनिहरुको हंसिलो अनुहारले धन्यवाद दिन्छन । अरुको देशबाट आएर हाम्रो सेवा गरिदिने तिमिहरु ठुलो मान्छे लाग्दछ भन्ने गर्दछन, त्यो सुन्दा धेरै खुशी लाग्दछ ।
प्रयोगकर्ता वृद्ध नागरिकहरुसंग कस्तो कुरा गर्ने गर्नुहुन्छ ?
उनिहरु जवान हुँदा गरेको काम, उनिहरुको रुचि, इच्छाको ’boutमा, परिवारको ’boutमा, मनपर्ने कुराहरु र मनपर्ने खानेकुराहरुको ’boutमा गफ गरेको हुन्छु ।
नर्सिङ्ग केयरको काम अन्तर्गत गाह्रो लाग्ने कुरा के हो ?
सबै काम गर्न सजिलो हुन्छ र रमाईलो पनि लाग्दछ । तर कहिलेकाही आफ्नो शरिरको सबै बल प्रयोग गरेर बुढाबुढिहरुलाई यताउता सार्नुपर्ने काम पनि गर्नुपर्ने हुन्छ । त्यसैले शरिर र ढाड दुख्ने पनि गर्दछ, यो काम सजिलो मात्र नभएर गाह्रो पनि छ ।
कस्तो प्रकारका व्यक्तिहरु नर्सिङ्ग केयर कामको लागी उपयुक्त हुन्छन भन्ने लाग्छ ?
नर्सिङ्ग केयरको काम गर्ने मानिसहरु दयालु हुनुपर्दछ । वृद्वावृद्विहरुलाई आदरसम्मान गर्नसक्ने हुनुपर्दछ । उनिहरुको कुरा सुन्न सक्ने हुनुपर्दछ । लाज, घिन मान्ने हुनुहुदैन ।
नर्सिङ्ग केयरबाट अध्ययन गर्न चाहाने योग्यता र अनुभव गर्न चाहाने सीपहरु के हुन ?
म सर्टिफाईड केयर वर्कर बन्न चाहन्छु।
जापानलाई किन रोज्नुभयो ? तपाईको देश र जापान बिच कस्तो भिन्नता रहेको छ ?
महिलाहरुको लागी सुरक्षित देश भएकोले मैले जापान रोजेको हो ।
जापानका ’boutमा केही बुझ्नुभएन भने कसरी पत्ता लगाउनु हुन्छ ?
केही समस्या परेमा नेटबाट सर्च गर्ने र काम गर्ने ठाउँको सिनियर स्टाफहरु संग सोध्ने गर्दछु ।
सुविधा सेन्टरका प्रयोगकर्ताका कुराहरु र जापानी भाषामा वर्णन गरिने कुराहरु नबुझेको खण्डमा के गर्नुहुन्छ ?
काम गर्ने ठाँउको कर्मचारी र प्रयोगकर्ता वृद्वावृद्विहरु संग दुईपटक-तिनपटक सोधेर बुझ्ने कोशिस गर्दछु ।
बिदाको दिनमा के गर्नुहुन्छ ?
बिदाको बेलामा आवश्यक सामानको किनमेल, घरको सरसफाई र नेपालमा फोन गर्ने, समय भएमा अध्ययन गर्ने गर्दछु ।
जापानको मनपर्ने खाना के हो ?
सासिमी, तेन्पुरा(तेलमा तारेको खानेकुरा) सोबा(फापरबाट बनेको खानेकुरा)
अहिले बस्ने क्षेत्रको मनपर्ने प्राकृतिक दृश्य कहाँ हो ?
फुलको बगैचा र गाउँतिर जाँदा प्राकृतिक मनोरम दृश्यहरु देख्न पाइन्छ ।
जापानमा आएर काम गर्ने सोँच बनाएका व्यक्तिहरुलाई कस्तो सुझाव दिन चाहानुहुन्छ ?
मानिसहरुसंग नजिक बसेर उनिहरुका पुराना कुराहरु सुनेर उनिहरुसंग नजिकको संबन्ध बनाउन सकेको खण्डमा काम गर्न सजिलो र रमाईलो हुन्छ ।
Contents: