जापानी खानाको आनन्द लिनुहोस

जापानी खानाको आनन्द लिनुहोस

Contents:

जापानमा खाईने खाना सबै जापानी खाना मात्र हो ?

“जापानमा सबै खाना जापानी मात्र हुँदैन । जापानमा आएर खानामा समस्या भयो भन्ने विदेशी नागरिकहरु अहिलेसम्म भेटेको छैन । जापानमा माछा मात्र खान्छन भन्ने धारणा हुनसक्छ, वास्तवमा त्यो गलत धारणा हो । बरु जापानको शहरहरुमा घुमघाम गर्ने हो भने विभिन्न किसिमका रेस्टुरेन्टहरु भेट्टाउन सकिन्छ । कोन्भिनीयेन्स स्टोर र सुपरमार्केटमा धेरै प्रकारका खानेकुराहरु राखिएका हुन्छन । विश्वको जुन देशबाट आउनु भएका नागरिक जो कोहिले पनि आफुलाई मनपर्ने स्वादको खाना पाउनु हुन्छ  भन्ने मलाई विश्वास छ । त्यसैगरी जापानी खाना अन्तर्गत धेरै किसिमका मेन्युहरु छ्न । अत्यन्त स्वादिष्ट हुने भएकोले, धेरै भन्दा धेरै खाने प्रयास गर्दा राम्रो हुन्छ ।” मगोलियाबाट जापानमा आउनुभएका Ms. Anarbayar Renchinkhorol  ले सुनाउनु भयो ।

 

खाद्द्य सामाग्रीहरु कहाँ किन्न सकिन्छ ?

नेपालबाट जापानमा आउनु भएका Mr. Mani Gyawali जापानको खाना शैलीमा एकदमै सन्तुष्ट भएको देखिन्छ । उहाँले भन्नुहुन्छ,

“सुपरमार्केट आदीबाट आवश्यक सामाग्री किन्न सकिन्छ । विदेशी सामाग्रीहरु बेचबिखन गर्ने सुपरमार्केटहरुपनि भएकोले धेरै सुविधाजनक छ । तर, पसल बन्द गर्ने समय लगभग साँझको ८ बजेदेखी ९ बजेसम्म हुने भएकोले समय नमिलेको बेलामा भने २४ घण्टा खुल्ले कोन्भिनियेन्स स्टोरबाट आवश्यक सामग्रीहरु किन्ने गर्दथें । मेरो देशको खानामा प्रयोग हुने मसला लगाएतका वस्तुहरु नजिकैका सुपरमार्केटमा उपलब्ध नभएको खन्डमा अनलाइन शोपिगं साइटहरुबाट किनमेल गर्ने गर्दथें । जापानको अनलाइन शोपिगं साइटहरुमा विश्वको जुन ठाँउको सामग्रीहरु पनि उपलब्ध हुने भएकोले दैनिक जीवनका लागि धेरै सुविधाजनक छ ।”

 

जापानी खानाको शिष्टाचार

अन्य देशहरुमा जस्तै जापानी खाना शैलीमा पनि विभिन्न प्रकारका शिष्टचार र अनुशासन रहेका छन । केयर गिभर सेन्टरहरुमा धेरैजसो वृद्दवृद्दा भएकोले जापानी खानाका शिष्टाचारहरु अध्ययन गर्नु धेरै राम्रो हुनेछ ।

・भोजनको अभिवादन :

खाना खानु अगाडी “इतादाकिमास (Itadaki masu) (खानालिये),” खाना समाप्त भएपछि “घोचिसोउ सामा देसिता (Gochiso sama deshita) (खानाको लागि धन्यवाद),” दुइहात जोडेर भन्नु पर्दछ ।

 

अर्कोतर्फ केही यस्ता कुराहरु पनि छ्न कि जुन अन्य देशहरुमा नराम्रो बानीको रुपमा लिइन्छ । तर जापानमा भने खासै ध्यान दिइदैन । जस्तै, ग्रीनटि, मिसोसुप्, सोबा र रामेन जस्ता कुराहरु खाने बेलामा आवाज निकालेर खाएपनि जापानमा नराम्रो मानिदैन। जापानी नागरिकहरुले सोबा वा रामेन खाने बेलामा “जुरुजुरु” जस्तो आवाज निकालेर खाने भएकोले अचम्म नमान्नुहोला ।

हामीले माथी जापानी खाना शैलीको शिष्टाचार र अनुशासनका सन्दर्भमा थोरै मात्र परिचय दियौं । जापानी खाना शैलीको शिष्टाचार र अनुशासनहरु असंख्य र विविध किसिमका भएकोले, जापानमा आउनु भन्दा अगाडी यि कुराहरुको विस्तृत रुपमा अध्ययन र अभ्यास गरी बस्नु उचित हुनेछ ।

 

धर्म ईत्यादीको कारणले खाना सम्बन्धित कुराहरुमा समस्या परेको छ ?

ह्योगो प्रान्तको नर्शिगमा काम गर्नु हुने इन्डोनेशियाकी Ms. Riswanti भन्नुहुन्छ, “जापान आउनु अगाडी मलाई जापानको खानेकुराको सन्दर्भमा धेरै चिन्ता लागेको

थियो । म ईश्लाम धर्मालम्बी भएकोले खान नहुने वस्तुहरु छन । हलाल खाना वा सामग्रीहरु किन्न पाउँछ कि पाउँदैन, कहाँ किन्न पाउँछ, जस्ता कुराहरुको चिन्ता लाग्ने गर्द्थ्यो । तर, जापानमा काम गरिरहनु भयेका इन्डोनेसियकै एकजना सिनियरले मलाई धेरै कुरा सिकाईदिनु भयो । त्यसैले म ढुक्क भएँ । जापानमा हलाल स्टोरहरुपनि धेरै मात्रामा छन । त्यसैगरी आयातित खाद्द्यान्न स्टोरहरु पनि भएकोले खाने कुरामा असहज महसुस भएन ।”

 

त्यसैगरी नेपालबाट आउनु भएका Mr. Mani Gyawali  भन्नु हुन्छ,

“रेस्टुरेन्टमा खान जाँदा यदी खानामा आफुले खान नमिल्ले कुराहरु मिसावट छ भने, अर्डर गर्ने बेलामा मिसावट नर्गन अनुरोध गरेमा त्यही अनुसार खाना उपलब्ध हुने गर्दथ्यो । जापानी स्टाफहरु धेरै नै सहयोगी र नम्रताका साथ सेवा प्रदान गर्दछ्न । तर, केही जापानी खानाका रेस्टुरेन्टका मेन्युहरु सजिलै बुझ्न नसकिने तरीकाले लेखिएको हुदाँ खानाको विवरण बुझ्न नसकेर असजीलो महसुस पनि भएको थियो ।”

 

सन २०१३ मा “जापानी परम्परागत खाद्द्य संस्कृति”को रुपमा ‘जापानी खाना’लाई ‘युनेस्को अर्मुत सांस्कृतिक विरासत’ भनी दर्ता गरिएको थियो । जब तपाईहरुले जापानमा जीवनयापन गर्न सुरु गर्नुहुन्छ धेरै भन्दा धेरै जापानी खाना खाने प्रयास गर्नुहोस । कहिलेकाँही रेस्टुरेन्टका मेन्युहरु जापानी भाषामा मात्र लेखिएका हुनसक्छन्, त्यसलाई जापानी भाषाको अध्ययन गर्ने मौंकाको रुपमा लिनुहोस । त्यसैगरी जापानका स्थानीय क्षेत्रमापनि विभिन्न प्रकारका स्थानीय खानाहरु पनि धेरै रहेका छन । कृपया तपाईहरु जापान गएर रमाईलो गर्ने कुरामा ‘जापानी खाना’ पनि थप्नु होस ।