व्यावहारिक कान्जी सिक्ने प्रभावकारी तरिका – भाग १

व्यावहारिक कान्जी सिक्ने प्रभावकारी तरिका – भाग १

जापानी भाषा सिक्नु महत्त्वपूर्ण छ, तर जापानमा काम गर्न सुरु गरेपछि, तपाईंको जागिर नै तपाईंको दैनिक जीवनको केन्द्र बन्न जान्छ, जसले गर्दा अध्ययनको लागि धेरै समय छुट्याउन गाह्रो हुन सक्छ। यद्यपि दैनिक जीवन र कामका लागि कान्जी तथा शब्दावली जान्नु अत्यावश्यक छ। यस दुई-भागको शृंखलामा, हामी सकेसम्म प्रभावकारी रूपमा कान्जी सिक्ने तरिकाहरू प्रस्तुत गर्नेछौं।  कान्जीको ज्ञान र प्रयोग विस्तार गर्दा तपाईंको आत्मविश्वास मात्र बढ्दैन, काममा तपाईंको प्रेरणा पनि बढ्छ।

Contents:

१)"आधारभूत कान्जी" (दैनिक जीवनका लागि आवश्यक कान्जी) कण्ठ गर्ने

・कम स्ट्रोक भएका कान्जीबाट सुरु गर्नुहोस्

दैनिक जीवनमा धेरै प्रयोग गरिने कान्जीहरू सरल हुन्छन् र सजिलै सम्झन सकिन्छ। सुरुवाती कान्जी पाठ्यपुस्तकहरूले प्रायः तिनलाई स्ट्रोक क्रमअनुसार वा दैनिक जीवनका परिस्थितिहरू अनुरूप क्रमबद्ध रूपमा प्रस्तुत गर्छन्।

例)一二三四五六七八九十百千万時分円日月火水木金土字枚人大中小前後左右…など

उदाहरणहरू: 一 (एक), 二 (दुई), 三 (तीन), 四 (चार), 五 (पाँच), 六 (छ), 七 (सात), 八 (आठ), 九 (नौ), 十 (दश), 百 (सय), 千 (हजार), 万 (दस हजार), 時 (समय), 分 (मिनेट), 円 (येन), 日 (दिन/सूर्य), 月 (महिना/चन्द्रमा), 火 (आगो), 水 (पानी), 木 (रूख), 金 (सुन/पैसा), 土 (माटो), 字 (अक्षर), 枚 (समतल वस्तु गणना गर्ने शब्द), 人 (व्यक्ति), 大 (ठूलो), 中 (मझौला), 小 (सानो), 前 (अगाडि), 後 (पछाडि), 左 (बायाँ), 右 (दायाँ) … आदि

 

・दैनिक जीवन र काममा बारम्बार प्रयोग हुने कान्जीहरूमा ध्यान केन्द्रित गर्नुहोस्

यदि तपाईं कुनै संस्थामा काम गर्नुहुन्छ भने, सूचना पत्र, दस्तावेज, रेकर्डहरूमा ध्यान दिनुहोस्। तपाईंले दैनिक जीवन र कार्यस्थलमा बारम्बार देख्ने कान्जीहरू चिरपरिचित लाग्नेछन् र सिक्ने प्रेरणा पनि बढ्नेछ।

उदाहरणका लागि, तपाईंले रेल स्टेशन, सुपरमार्केट, तथा अस्पतालमा सूचना पत्रहरू देख्नुहुन्छ। त्यस्तै, हेरचाह गर्ने संस्थाहरुमा कर्मचारी र निवासीहरूको लागि विभिन्न सूचनाहरू हुन्छन्।

 

२) कान्जीको "अर्थ" र "उच्चारण" बुझ्नु महत्त्वपूर्ण छ: अर्थ → उच्चारण → लेखाइ क्रमशः सिक्नुहोस्।

<कन्जीको अर्थको महत्त्व> 

・केही शब्दहरूको उच्चारण एउटै हुन्छ, तर प्रयोग गरिएको कान्जी अनुसार अर्थ भने फरक हुन्छ (यिनलाई 同音異義語 दोउओन्इगिगो भनिन्छ)।

 

「花」「鼻」 (हाना)  “फूल” “नाक”/「日」「火」 (हि) “सूर्य” “आगो”/「見る」「診る」 (मि-रु) “हेर्नु” “डाक्टरको रूपमा जाँच गर्नु

「機」(कि):मेसिन तथा उपकरणहरु → 掃除機 (सोउजिकि)” भ्याकुम क्लिनर”, 洗濯機 (सेन्ताकुकि)” वाशिङ मेसिन”, 自動販売機 (जिदोउहान्बाइकि)”भेन्डिङ मेसिन”, 飛行機 (हिकोउकि)”विमान”

「器」(कि): कन्टेनरहरू तथा सरल उपकरणहरू → 食器 (स्योक्कि)“खाने भाँड”, 便器 (बेन्कि)”शौचालयको भाँडा”, 歩行器 (होकोउकि) “हिँड्ने सहायक उपकरण”

・एक शब्दमा रहेको एउटा काञ्जीको अर्थ बुझ्नाले पूरै शब्दको अर्थ बुझ्न मद्दत गर्छ। शब्दभित्र अर्थ बुझ्ने परिचित काञ्जी पहिचान गर्न सक्नु उपयोगी सिकाइ रणनीति बन्न सक्छ।

 

床」(कि-स्योउ): उठ्नु (उदाहरण: 起床時間は6時です – “उठ्ने समय बिहान ६ बजे हो।”)

「継」(केइ-जोकु): निरन्तरता (उदाहरण: 日本語の勉強を継続します – “म जापानी भाषा सिक्ने क्रम निरन्तर जारी राख्छु।”)

「発」(हात्सु-गेन्): बोल्नु / अभिव्यक्ति दिनु (उदाहरण: 自分の考えを発言しました– “मैले आफ्ना विचारहरू व्यक्त गरें।”)

 

<कान्जी पढाइको महत्त्व>

यदि तपाईंले कान्जीको “सही पढाइ” सिक्नुभएन भने, शब्दहरू स्पष्ट रूपमा उच्चारण गर्न गाह्रो हुनेछ। आजकाल, अधिकांश प्रतिवेदन र कागजातहरू कम्प्युटर वा ट्याब्लेट प्रयोग गरेर तयार गरिन्छन्, जहाँ सही कान्जी देखाउन सही पढाइ प्रविष्ट गर्न आवश्यक हुन्छ। यदि तपाईंले गलत पढाइ प्रविष्ट गर्नुभयो भने, गलत कान्जी देखापर्नेछ।

 

३) सन्दर्भमा कान्जी सिक्ने

कान्जी याद गर्न तिनीहरू वाक्यहरूमा कसरी प्रयोग हुन्छन् वा अर्थ के हो भनेर बुझ्नु महत्त्वपूर्ण छ। साथै ठूलो आवाजमा पढ्नुले सही उच्चारणले पढ्ने अभ्यास गर्न मद्दत गर्नेछ।

 

  • उदाहरण: 月 (गात्सु, त्सुकि, गेत्सु)

    ◦今日は1月(がつ)15日です। (क्योउवा इचिगात्सु जुउगोनिचि देस्।) (आज जनवरी १५ तारिख हो।)

    ◦月(つき)がきれいです। (त्सुकिगा किरेइ देस्।) (चन्द्रमा सुन्दर छ।)

    ◦月(げつ)曜日は早番の仕事です। (गेत्सुयोउबि वा हायाबान् देस्।) (सोमबार मेरो बिहानको सिफ्ट छ।)

    ◦7月(がつ)に日本に来ました。(सिचिगात्सु नि निहोन्नि किमासिता।) – म जुलाईमा जापान आएको थिएँ।

  • उदाहरण: 生 (नामा, उ, सेइ, इ)

    ◦この魚は生(なま)で食べられます। (कोनो साकाना वा नामा दे ताबेरारेमास्।) (यो माछा काँचै खान सकिन्छ।)

    ◦わたしは7月に生(う)まれました。 (वातासि वा सिचिगात्सु नि उमारेमासिता।) (म जुलाई महिनामा जन्मिएको हुँ।)

    ◦生(せい)年月日をおしえてください। (सेइनेन्गाप्पि ओ ओसिएते कुदासाइ।)  (कृपया तपाईंको जन्म मिति सिकउनुस्।)

    ◦鈴木さんは日本語の先生(せい)です。(सुजुकि सान् वा निहोन्गो नो सेन्सेइ देस्।) – सुजुकी जी चाहिं जापानी शिक्षक हुनुहुन्छ।

    ◦日本で生(せい)活しています。(निहोन्दे सेइकात्सु सितेइमास्।) – म जापानमा बस्दैछु।

    ◦魚は水の中で生(い)きています。(साकाना वा मिजु नो नाका दे इकितेइमास्।) – माछा पानीमा बस्छ।

साथै, कान्जी सिक्ने उत्तम तरिका भनेको 「音読」”ओन्डोकु” (ठूलो आवाजमा पढ्ने) हो। आफूले पढेको आवाज आफै सुन्दा स्मरणशक्ति बढ्छ। त्यसपछि, ती कान्जीहरू वास्तवमा  लेख्ने अभ्यास गरौं।

 

प्रति दिन केवल दुईवटा कान्जी मात्र भएपनि सही तारिकाले लेखेर सही उच्चारण गर्ने अभ्यास गर्नुस्। १० मिनेट मात्र भएपन हुन्छ। जापानी भाषामा भनाइ छ: 「継続(केइजोकु)は力(चिकारा)なり」– “निरन्तरता नै शक्ति हो।” पत्तै नपाई, तपाईंले धेरै कान्जी सिकिसक्नु हुनेछ!

 

(पर्यवेक्षण: एरी आओई)
अन्तर्राष्ट्रिय आदानप्रदान तथा जापानी समर्थन Y संघकी प्रशिक्षक। सन् २०११ देखि उनी आर्थिक साझेदारी सम्झौता (EPA) अन्तर्गत जापान आउने विदेशी हेरचाह सेवा प्रत्याशीहरूलाई भाषा सहायता प्रदान गर्दै आएकी छिन्। हाल, उनी जापानमा प्रविधि प्रशिक्षार्थी र निर्दिष्ट सीप कार्यक्रममार्फत आउने विदेशी हेरचाह कर्मीहरूको शिक्षामा संलग्न छिन्। ४२०-घण्टा जापानी भाषा शिक्षक प्रशिक्षण पाठ्यक्रम पूरा गरिसकेकी छिन्। जापानी भाषा शिक्षण योग्यता परीक्षा उत्तीर्ण गरेकी छिन्। प्रमाणित सामाजिक कार्यकर्ता।

 

本記事は、青井先生へのインタビューをもとに構成されています。