नर्सिङ्ग केयर वर्करको लागि कुन लेभलको जापानी भाषा आवश्यक   हुन्छ ?

नर्सिङ्ग केयर वर्करको लागि कुन लेभलको जापानी भाषा आवश्यक हुन्छ ?

नर्सिङ्ग केयर आवश्यक पर्ने वृद्दवृद्दा र असक्षम ब्यक्तिहरु धेरै जसो जापानी भाषा बाहेक बोल्न सक्दैनन । त्यसै गरी काममा प्रयोग हुने कागजातहरु सबै जापानी भाषामा लेखिएका हुन्छन । जापानमा आएर पहिलो पटक नर्सिङ्ग केयरको काम मातृभाषा नभएर जापानी भाषामा गर्नु पर्ने हुँदा असहज महसुस गर्ने ब्यक्तिहरु पनि हुन सक्छन । त्यसकारण यस कामको लागि आवश्यक पर्ने जापानी भाषा लेभलका सन्दर्भमा नर्सिङ्ग केयर वर्करको रुपमा काम गरेको अनुभव भएका विदेशी नागरिकहरुलाई प्रश्न पत्र र अन्तर्वार्ताको माध्यमबाट सोधेका छौं ।

Contents:

नर्सिङ्ग केयरको काम गर्दा जापानी भाषा कतिको महत्वपूर्ण हुन्छ ?

नर्सिङ्ग केयर होममा काम गर्नेहरुमा जापानी स्टाफहरु धेरै हुन्छन । सिफ्ट परिवर्तन गर्ने बेला गर्नु पर्ने रिर्पोटमा पनि ब्यावसायिक जापानी भाषा अधिक प्रयोग हुने हुँदा जापानी भाषाको दक्षता हुनु अति आवश्यक छ । नर्सिङ्ग केयर प्रयोग गर्ने अधिकांश वृद्दवृद्दा हुने भएकोले अंग्रेजी भाषा बुझ्ने संभावना नहुने हुँदा जापानी भाषाको दक्षता नभएमा कम्युनिकेसन गर्न सकिदैंन ।

“नर्सिङ्ग केयर होममा जापानी स्टाफसंग जापानी भाषामा बोल्नु पर्ने हुन्छ । जापानी भाषा जति अध्ययन गरिन्छ, त्यतिनै रमाईलो हुँदै जान्छ । काममा प्रयोग हुने विभिन्न विवरण पढ्दा खेरी शब्द कोष र अनुवादक उपकरणहरु प्रयोग गर्दछु । मुख्य रुपमा मोबाइल फोनको शब्द कोष एप्लिकेसन प्रयोग गर्ने गर्दछु । वृद्दवृद्दाहरुले भनेको कुरा नबुझेको बेलामा, साधारण जापानी भाषामा फेरी एकचोटी भन्न अनुरोध गर्ने, अरु स्टाफहरुसंग सहयोग माग्ने गर्दथे ।” भियतनामकी Ms. HOANG THI

NGOC ANH ले भन्नु भयो । जापानमा आएर नर्सिङ्ग केयरको काम गर्न चाहानु हुन्छ भने जापानी भाषाको दक्षता हुनु अपरीहार्य हुन्छ । त्यसकारण अग्रिम रुपमा कडा मेहनतका साथ अध्ययन गर्नु अत्यन्तै महत्वपूर्ण हुन्छ ।

 

जापान आउनु भन्दा अगाडी कति समय जापानी भाषाको अध्ययन गर्नु भयो ?

नर्सिङ्ग केयरको काममा जापानी भाषा द्वारा कम्युनिकेसन गर्नु पर्ने कुरा अति महत्वपूर्ण हुन्छ भन्ने सन्दर्भमा हामीले बुझेउँ । तर पहिलो पटक जापानमा आएर नर्सिङ्ग केयरको काम गर्ने व्यक्तिहरुले कति समय पहिलेबाट जापानी भाषाको अध्ययन गरेका थिए होलान ?

व्यक्ति अनुसार अध्ययन अवधीमा फरक देखिन्छ । गम्भीरतापूर्वक अध्ययनमा लाग्नेहरु, जापान आउनु भन्दा ६ महिना देखि एकवर्ष पहिले देखि भन्नेहरु धेरै रहेका छन । यद्दपि, जापानी भाषाको परीक्षा पास नगरी जापानमा काम नमिल्ले स्थिती पनि रहेकोले, जापानमा नर्सिङ्ग केयरको काम गर्न जाने सोच बनाएको बेला देखिनै जापानी भाषाको बानी पार्नु राम्रो उपाय हुने छ ।

 

जापान आइसकेपछि कति समयमा जापानी भाषामा अभ्यस्त हुन सक्नु हुन्छ ?

“जापनमा नर्सिङ्ग केयरको काम सुरु गर्दा नबुझ्ने शब्दहरु धेरै थिए । सुरुसुरुमा नबुझेका कुराहरु बुझिन भन्न हिचकिचाएँ र हाँसेर नबुझेको लुकाउने पनि गर्दथें । तर, काम संबन्धित कुराहरु वृद्दवृद्दाहरुको जीवनसंग जोडिएको महत्वपूर्ण विषय भएकोले अरु स्टाफहरुलाई सोधेर व्याख्या गर्न अनुरोध गर्ने गर्दथे ।” इन्डोनेसियाकी Ms.Riswanti ले सुनाउनु भयो ।

त्यसै गरी फिलिपिन्सका Mr. Albert Fernandez ले भन्नु हुन्छ,” जापानमा आएको पहिले तिन महिनासम्म जापानी भाषा राम्रोसंग बोल्न र बुझ्न सकिन । सरल वाक्यहरु लेख्न सक्थें । तर बोल्न भने सकिन । हुन सक्छ जानेको बोल्न सक्थें

होला । तर आफुमा आत्मविश्वास नभएकोले बोल्न नसकेको हुन सक्छ । साथै जापानी भाषा अध्ययन गर्दाखेरी नपढेका महत्वपूर्ण शब्दहरु काम गर्दै सिक्न सकें ।”

प्रत्येक व्यक्ति अनुसार जापानी भाषामा अभ्यस्त हुने अवधी फरक फरक हुने गर्दछ । यस्तो देखिन्छ कि पहिलो तिन देखि छ महिना अति कठिन समय हो । तर त्यसपछि बिस्तारै सिक्दै गएर अभ्यस्त हुने व्यक्तिहरु धेरै रहेका छन । विदेशी भूमिमा काम गर्दा सुरुमा मानसिक तवरले पनि गाह्रो हुन सक्दछ । तर जापानी नागरिकहरु प्राय दयालु र सहयोगी हुने हुँदा नबुझेको कुरा निश्चिन्त भएर सोध्दै जाने गरेर नबुझेका शब्दहरु सिक्ने गरौं ।

 

जापानी भाषाको गाह्रो पक्ष

विदेशी नागरिकहरुका लागि जापानी भाषाको कुन पक्ष (पढ्ने, लेख्ने, सुन्ने) सबभन्दा गाह्रो महसुस हुन्छ होला ? जापानमा नर्सिङ्ग केयर कामको अनुभव भएका व्यक्तिहरुलाई अन्तर्वाता लिने क्रममा रमाईलो कुरा थाहा पाउन सकियो । उक्त कुरा भनेको, जापानी भाषाको गाह्रो पक्ष मध्ये एक “बोली (Dialect)” उल्लेख गरिएकोले हो । जापान उत्तर दक्षिणमा फैलिएको लामो टापु देश हो । साथै त्यहाँ धेरै प्रकारका बोलीहरु रहेका छन र अहिले पनि प्रयोग गरिने गरिन्छ । तपाईहरुलाई पनि राम्रोसंग थाहा भएको “क्योटो” र “ओसाका” मा पनि बोलीहरु छन । प्रश्न पत्र मार्फत निम्न प्रकारका जवाफहरु प्राप्त भएका छन ।

 

・”खान्साई बोली (Kansai dialect) हो । कोउबे शहरको सुबिधा सेन्टरमा काम गर्दथें । त्यँहा स्टाफ पनि, प्रयोग कर्ता पनि, प्राय खान्साई बोली प्रयोग गर्ने हुँदा सुरुसुरुमा उनीहरुले के भनेको हो बुझ्नैं सकिन ।”

 

・”स्टाफ र प्रयोगकर्ताहरुले ओकायामा बोली (Okayama dialect) ले कुरा गरेको हुँदा के कुरा गरिरहेको हो बुझ्नैं सकिन, एकदमै गाह्रो थियो । मेरो देशबाट आउनुभएका अन्य नर्सिङ्ग केयर कर्मचारीले बुझाइदिन सहयोग गर्नु भयो ।”

 

स्टान्डर्ड जापानी भाषा संबन्धमा पढेर लेखेर नबुझ्ने स्थितिमा स्मार्ट फोनको एप्लिकेसन प्रयोग गरेर चेक गर्ने व्यक्तिहरु धेरै देखिन्छन । टेक्नोलोजीको विकासले गर्दा भाषा अवरोध पनि कम भएको हुन सक्छ ।

 

जापानी भाषा अध्ययन गर्ने तरिका

जापानमा नर्सिङ्ग केयर वर्करको अनुभव भएका विदेशी नागरिकहरु द्वारा निम्न सल्लाहहरु प्राप्त गरेका छौं । जापानी भाषाको अध्ययन गर्दा सन्दर्भको रुपमा प्रयोग गर्नु होस ।

 

・”आफैंबाट सक्रिय रुपमा बोल्नु पर्छ । व्याकरण आदि बोल्दा गल्ती भएमा के गर्ने ? जस्ता कुराहरुमा मतलब नगरी सकेसम्म बोल्नु पर्दछ । माङ्गा र एनिमेशनमा रुची राख्नेहरुले, माङ्गा पढिसकेपछि सोही माङ्गामा आधारित एनिमेशन हेर्ने गर्नु राम्रो हुन्छ । माङ्गा पढिसकेपछि एनिमेशन हेर्नाले कथाको विषयवस्तु बुझ्न सजिलो

हुन्छ । केटीहरु लक्षित चलचित्रहरु हेर्ने गर्नु पनि फाईदाजनक हुन्छ । किन भने, सामान्य बोलीचालीमा प्रयोग हुने शब्दहरु धेरै हुने भएकोले न्याचुरल जापानी भाषा बोल्न सक्नु हुन्छ भन्ने मलाई लाग्दछ (जापानी भाषा भित्र, महिलाले बोल्ने तरिका, पुरुषले बोल्ने तरिका, रहेको छ) । प्रशिक्षणमा जापानी भाषाको व्याकरण र शब्दहरु अध्ययन गरिन्छ । यो कितावीय भाषा जस्तो हुनाले न्याचुरल जापानी भाषा हुनलाई केही समय लाग्न सक्दछ ।”

(इन्डोनेसियाकी Ms.Riswanti)

 

・”जापानी भाषालाई छिटो राम्रो बनाउनका लागि केही सिप र सुझावहरु छ । दैनिक जापानी भाषा सुन्नु महत्वपूर्ण हुन्छ । NHK को समाचार, एनिमेशन, जापानी संगित, ड्रामा, कानले सुनेर मुखले नक्कल गर्ने, थाहा नभएका शब्दहरु प्रयोग भएमा नोटमा लेखेर याद गर्ने गर्नु पर्दछ । जापान आउनु भन्दा अगाडी अध्ययन गरेको जापानी भाषा र वास्तवमा काममा प्रयोग गरिने जापानी भाषामा भिन्नता हुन सक्छ । दैनिक जीवनमा प्रयोग हुने शब्दहरु र नर्सिङ्ग केयर संबन्धित शब्दहरु ध्यानपूर्वक अध्ययन गर्ने गरेमा काम गर्दा सुरु देखिनै उपयोगी हुने छ ।”

(भियतनामकी Ms. HOANG THI NGOC ANH)