जापान जानु अगाडी ध्यान दिनुपर्ने र तयारी गर्नुपर्ने कुराहरु

जापान जानु अगाडी ध्यान दिनुपर्ने र तयारी गर्नुपर्ने कुराहरु

“जापान जाने र काम गर्ने” भन्ने सोच बनाउनु भयो भने जापानी भाषाको अध्ययन लगायत अन्य थुप्रै कुराहरुको तयारी गर्नुपर्ने हुन्छ । आफ्नो देशबाट धेरै टाढा जापानमा गएर काम गर्नुपर्ने भएकोले होस विचार सहितको तयारीका साथै परिवारको समर्थन र बुझाइ आवश्यक पर्दछ । त्यसैगरी फरक भाषा प्रयोग गरी नयाँ वातावरणमा काम गर्नुपर्ने हुँदा चिन्ता महसुस हुनपनि सक्छ । जापानमा नर्सिङ्ग केयर वर्करको रुपमा काम गरेको अनुभव भएका विदेशी नागरिकहरुलाई प्रश्नपत्र र अन्तर्वाताको माध्यमबाट, नर्सिङ्ग केयरको काम रोजेको कारण, पूर्व तयारी, मानसिक चिन्ताको सामना गर्ने उपायहरु इत्यादिका सन्दर्भमा सोधेका छौं ।

Contents:

जापानको नर्सिङ्ग केयरको काम किन रोज्नु भयो [1]?

प्रत्येक व्यक्ति अनुसार विभिन्न कारणहरु रहेका छन । उदाहरणका लागि, बाल्यकाल देखिनै जापानमा जाने इच्छा थियो भन्ने व्यक्तिहरु, आफ्नो देशमा नर्सको अनुभव भएर डिमेन्सिया केयरको सन्दर्भमा अध्ययन गर्ने सोच बनाएकाहरु, जापानी नागरिकहरु अत्यन्तै अनुशासित हुन्छन भन्ने कुराबाट प्रभावित भएर उनीहरु संगै काम गर्ने चाहाना भएका ब्यक्तिहरु इत्यादी रहेका छन। जापानमा नर्सिङ्ग केयरको काम गर्ने विदेशी नागरिकहरुलाई “किन यो काम रोज्नु भयो ?” सन्दर्भमा सोध्यौं ।

“भविष्यमा मेरा आमाबुवालाई नर्सिङ्ग हेरचाह आवश्यक पर्न सक्छ भन्ने कुरा सोचेर जापानको नर्सिङ्ग केयरको सन्दर्भमा राम्रोसंग अध्ययन गर्ने विचार गरे । नर्सिङ्ग केयरको काम (सद्गगुण जम्मा गर्न सकिने) अति उत्तम काम हो भन्ने मलाई लाग्दछ ।यी भियतनामका M का बिचार हुन ।

 

“प्राईमरी स्कुलको बिधार्थीको बेला जापानीहरुले बानएको मनोरन्जन पार्कमा जान एकदमै रमाईलो लाग्ने गर्दथ्यो र यस्तो मनोरन्जन पार्क बनाउनेहरुको देश जापानमा एकचोटी जाने चाहाना हुन्थ्यो । त्यसपछि विश्वविद्यालयमा अध्ययन गरी नर्सको योग्यता हासिल गरे । विश्वविद्यालयको शिक्षकबाट जापानमा नर्सिङ्ग केयरको काम गर्न सकिन्छ भन्ने थाहा पाए । यो राम्रो अवसर हो भन्ने मलाई लाग्यो ।” यी इन्डोनेसियाका N का बिचार हुन ।

・”परिवारको लागि काम गर्न चाहान्थे । तर, त्यो समयमा फिलिपिन्समा काम पाउन धेरै गाह्रो थियो । त्यसकारण विदेशमा काम गर्न जाने सोच बनाए । जापानको नर्सिङ्ग केयर शिष्ट र उच्च स्तरीय प्रविधि युक्त्त छ भन्ने थाहा पाएर यसको अध्ययन गर्ने सोच गरे।” यी फिलिपिन्सका J का बिचार हुन ।

・”आफ्नो देशमा नर्सको रुपमा अस्पतालमा काम गर्ने गर्दथे । वृद्ववृद्वाहरुको सेवा गर्न एकदमै मन पर्ने हुँदा डिमेन्सिया केयरको सन्दर्भमा अध्ययन गर्ने चाहानाले जापानमा आए।” इन्डोनेसियाका P यसो भनछन् ।

[1] 三菱UFJリサーチ&コンサルティング株式会社 「外国人介護職員の受入れと活躍支援に関するガイドブック」Mitsubishi UFJ Research & Consulting Co.,Ltd. “Guidebook for Accepting and Supporting Foreign Care Workers”

 

कसरी आफ्नो देशमा जानकारी संकलन गर्नु भयो ?

“कलेज पढ्दाको समयमा होम भिजिट नर्सिङ केयरको लागि गएको घरको परिवारबाट जापानको नर्सिङ्ग केयरको सन्दर्भमा थाहा पाएको थिए । त्यसपछि इन्टरनेटमा जापानको नर्सिङ्ग केयरको सन्दर्भमा विस्तृत रुपमा अध्ययन गरे । “इन्डोनेसियाकी

Ms . Riswanti ले भन्नु भयो।

यसका साथै “जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयको वेबसाइटमा भएको सूचना पढेर नर्सिङ्ग केयरको सन्दर्भमा जान्न सके ।” “कंपनीको सहकर्मीबाट जापानको नर्सिङ्ग केयरको सन्दर्भमा थाहा पाउन सके “इत्यादी सूचनाका माध्यमबाट जापानको नर्सिङ्ग केयर काम संबन्धित जानकारी संकलन गरेको देखिन्छ ।

यदी तपाईहरु इच्छुक हुनुहुन्छ भने इन्टरनेट आदीमा सर्च गर्नुहोला । सन २०२० को मध्य भाग देखि सन २०२१ को पहिलो भाग अनलाइन सेमिनारहरु हुने छन । इन्डोनेसिया, म्यानमार, मङ्गोलिया, नेपाल, कम्बोडिया देश्हरुका ब्यक्तिहरुले थप विवरणका लागि तलको लिंकमा जानु होस ।

 

जापान प्रस्थान गर्नु अगाडीको तयारीका लागि आवश्यक समय ?

“जापानमा जाँउ” “नर्सिङ्ग केयरको काम गरौं” भन्ने निर्णय गरेपछि एकबर्ष देखि डेढ बर्षको अन्तरालमा जापान आउने मानिसहरु धेरै रहेका छन । तर, जापानी भाषाको क्षमता र नर्सिङ्ग केयरमा रुची जस्ता कुराको आधारमा तयारी समय फरक हुन सक्छ । त्यसैगरी परिवारको समझदारी वा काम प्रदान नर्सिङ्ग केयर होमहरु फेला पर्छ कि पर्दैन, यो आधारमा पनि तयारी समयलाई ठूलो प्रभाव पार्दछ । भियतनामकी

Ms. HOANG THI NGOC ANH ले भन्नु हुन्छ, “जापानमा नर्सिङ्ग केयरको काम गर्ने सोच बनाएको कलेज ग्राजुएट गरेपछि थियो । त्यसपछि जापानमा आउनका लागि करिब डेढ बर्ष समय लागेको थियो ।”

त्यसैगरी जापानमा जानु अगाडी बिर्सनै नहुने महत्वपूर्ण तयारी भनेको आफु बस्ने ठाउँ छनोट गर्नु हो । Ms. Hoang ले भन्नुहुन्छ, “जापानमा बस्ने ठाउँका सन्दर्भमा मेरो रोजगारदाता नर्सिङ्ग केयर होमको संबन्धित ब्यक्तिसंग परामर्श गरेर निर्णय गरेको थिए । परामर्श गरेको विषयहरु म बस्न चाहेको स्थानको घर भाडा, कतिजना बस्न मिल्ने, काम गर्ने स्थानबाट नजिक छ कि टाढा छ, काममा जांदा हिडेर जान सकिन्छ कि साईकलबाट जान सकिन्छ, बस्ने अपार्टमेन्ट वरिपरीको सुरक्षा वातावरण इत्यादी थिए । उहाँले अत्यन्तै बुझ्ने रुपमा जानकारी दिनु भएको थियो ।”

 

पारिवारिक समझदारी पनि महत्वपूर्ण हुन्छ ?

इन्डोनेसियाकी Ms.Riswanti ले भन्नुहुन्छ कि मलाई परिवारबाट ठूलो सहयोग र समर्थन प्राप्त भएकोले जापानमा नर्सिङ्ग केयरको काम गर्न संभव भयो । “मेरो जापान जाने योजना प्रति असहमती जनाउने ब्यक्ति कोहि पनि थिएनन्, बरु मलाई राम्रोसंग काम गर्नु भनेर शुभकामना दिनुभएको थियो । मेरो लागि एकदमै उत्प्रेरणा भएको कुरा भने “घर र परिवारको चिन्ता लिनु पर्दैन, जापानमा राम्रोसंग मेहनत गर्नु, हामी सधै तिम्रो साथमा छौं” भनेर आमबुवाले भन्नु भएको बेला थियो ।

अर्कोतर्फ कहिलेकाहीँ आमाबुवालाई बुझाउन र मनाउन पर्ने आवश्यकता पनि

देखिन्छ। फिलिपिन्सका Mr.Albert Fernandez ले भन्नुहुन्छ,” नर्सिङ्ग केयर वर्करको रुपमा जापानमा काम गर्ने कुरामा आमाबुवाले सुरुमा विरोध जनाउनु भयो । आमबुवालाई नर्सिङ्ग केयर वर्करको कामको सन्दर्भमा केहिपनि थाहा थिएन जस्तो लाग्छ । त्यसैगरी उहाँहरुले केयर वर्कर नभएर नर्सको रुपमा काम गर्नुपर्छ भनेर सोचेको पनि हुन सक्छ । केही समय लगाएर उहाँहरुलाई सबै कुरा बुझाएर मनाउन सफल भए र अन्त्यमा मेरो निर्णयमा समर्थन जनाउनु भयो ।”

 

 

जापान जानुभन्दा अगाडी चिन्ता लागेका कुराहरु ?

“जापानको जीवनशैली हो । म ईश्लाम धर्मालम्बी भएको कारणले खान नहुने वस्तुहरु छन । हलाल खाद्यपर्दाथहरु नजिकैका सुपर मार्केटमा किन्न पाइन्छ किनाई भन्ने कुराले धेरै चिन्तित बनाएको थियो । “इन्डोनेसियाकी Ms.Riswanti ले बताउनु भयो । जापानामा चिन्ता लाग्ने विषय वा असजिलो महसुस हुने कुराहरुका सन्दर्भमा नर्सिङ्ग केयर होममा काम गर्ने आफ्नो देशकै स्टाफहरुसंग परामर्श गर्ने, नर्सिङ्ग केयर होमका संबन्धित ब्यक्तिहरुबाट जानकारीहरु प्राप्त गर्नेगरी सबै समस्याहरु समाधान भएको देखिन्छ ।

साथै जापान प्रवेशको समय नजिकिदा जापानी भाषामा संबन्धित ठाउँमा संपर्क गर्नुपर्ने स्थिती बढ्ने भएकोले, भाषाको कारणले चिन्त्तित भएको पनि देखिन्छ । “मलाई धेरै चिन्ता लागेको विषय भनेको जापानी भाषाको क्षमता थियो । जापानी भाषा राम्रोसंग जानिएन भने केहि पनि गर्न सकिदैंन भन्ने सोचेर कडा मेहनतका साथ जापानी भाषाको अध्ययन गरे ।” जस्ता कमेन्टहरु पनि प्राप्त भएका छन । यदी तपाईहरुलाई खाना वा धर्म, जीवनशैली इत्यादिका कारणले असजिलो महसुस भएमा संबन्धित विभिन्न ब्यक्तिहरुसंग परामर्श लिनुनै समस्या समाधानको सबैभन्दा छिटो र राम्रो उपाय हुन्छ ।