जापानका अनुभवी नर्सिङ्ग केयर वर्करको अनुभव र सल्लाह

जापानका अनुभवी नर्सिङ्ग केयर वर्करको अनुभव र सल्लाह

हाल  जापानका विभिन्न क्षेत्रका नर्सिङग केयर होमहरुमा विदेशबाट आएर काम गर्ने नर्सिङ्ग केयर वर्करहरु ठूलो संख्यामा रहेका छन । फरक भाषाले नयाँ वातावरणमा काम गर्दा कस्तो महसुस हुन्छ होला । यस सन्दर्भमा हामीले वास्तवमा जापानमा नर्सिङ्ग केयर वर्करको रुपमा कामगरेको अनुभव भएका विदेशी नागरिकहरुसंग प्रश्नपत्र र अन्तर्वाताका माध्यमबाट प्राप्त गरिएको जानकारीका आधारमा विश्लेषण गर्नेछौं । त्यसैगरी आगामी समयमा जापानमा जाने सोच बनाउनु भएका महानुभावहरुलाई अनुभवी ब्यक्तिहरुबाट सल्लाह पनि छ । जापानमा नर्सिङ्ग केयर वर्करको रुपमा काम गर्न रुची राख्नु भएका सबै जनाले यो जानकारीलाई अवश्य ध्यान दिनु होला ।

Contents:

नर्सिङ्ग केयर वर्करको रुपमा कामगर्दा सबैभन्दा यादगार कुरा के थियो ?

नर्सिङ्ग केयर वर्करको काम, वृद्दवृद्दा र अशक्त ब्यक्तिहरुको दैनिक जीवनको हेरचाह र सहयोग गर्ने जिम्मेवारीपूर्ण र महत्वपूर्ण काम हो । यस्तो परिस्थितिमा पनि प्रयोगकर्तासंगको कम्युनिकेसन र नर्सिङ्ग केयर होमका विभिन्न कार्यक्रमहरुबाट धेरै सम्झनाहरु बनाउन सक्नु हुन्छ ।

जापानमा नर्सिङ्ग केयर वर्करको रुपमा कामगर्दा कस्तो किसिमको सम्झनाहरु बनाउन सकिन्छ होला । सर्वप्रथम कहिल्यै बिर्सन नसकिने रमाईलो पलका सन्दर्भमा सुनियो ।

“सबै भन्दा यादगार पल भनेको दिउँसोको खाजा खाने समय थियो । यो समयमा सुविधा प्रयोग कर्ताहरु सबैजना हलमा जम्मा भएर खाजा खादैं नर्सिङ्ग केयर वर्करसंग कुराकानी गर्ने, गित गाउने, गेम खेल्ने जस्ता कुराहरु गर्दथे । वृद्दवृद्दा सबैजना हास्ने, खुशी हुने देखेर म पनि अत्यन्तै खुशी हुन्थे । साथै धेरै जसो व्यस्त रहने नर्सिङ्ग केयर वर्कर पनि यो समयमा आरामदायी समय बिताउन सक्दथे ।”

(ओकायामा प्रान्तको नर्सिङ्ग केयर होममा काम गर्ने फिलिपिन्सका Mr. Albert Fernandez)

・”नर्सिङ्ग केयर होमको कार्यक्रममा भियतनामको खाना -फो- बनाएर बेचें । अत्यन्तै लोकप्रीय भयो र एकघण्टा भित्र सबै बिक्री भयो । केयर होमका प्रयोगकर्ता र उनीहरुको परिवारले अति मिठो भन्दा, खुशी भएको पल अझै पनि सम्झेको छु । साथै वृद्दवृद्दा र स्टाफहरुसंगको बोन नृत्य नाचेको कुरा पनि राम्रोसंग सम्झिएको छु । मेरो पहिलो बोन नृत्य भएकोले धेरै राम्रोसंग नाच्न त सकिन । तर धेरै रमाईलो भएको थियो ।”

(ह्योगो प्रान्तको नर्सिङ्ग केयर होममा काम गर्ने भियतनामकी Ms. HOANG THI NGOC ANH)

यसै गरी जापानमा पहिलो पटक नर्सिङ्ग केयरको काम गर्दा अचम्मित परेको कुराका सन्दर्भमा पनि सुनियो ।

・”जब म रातीको काम गर्दै थिएँ, मध्य रातमा एकजना वृद्द नर्सिङ्ग होमको भित्र एताउता हिड्दै थिए, पहिलो पटक त्यो देखेर म अचम्मित परेको थिए ।”

(ओकायामा प्रान्तको नर्सिङ्ग केयर होममा काम गर्ने फिलिपिन्सका Mr. Albert Fernandez)

 

・”नर्सिङ्ग केयर वर्कर भएपछि सबै भन्दा आश्चर्य चकित भएको कुरा बाथटबमा नुहाउने नर्सिङ केयर हो । खाना, दिसा पिसाब, हिडडुल र स्थानान्तरण इत्यादिको केयर मैले सोचेको अनुसार थियो । तर जापानमा बाथटबमा नुहाउने नर्सिङ केयर पनि गर्नु पर्ने रहेछ ।” (इन्डोनेसियाकी Ms.Riswanti)

・”अचम्म लागेको कुरा नक्कली दाँत हो । जापानमा नक्कली दाँत प्रयोग गर्ने वृद्दवृद्दाहरु धेरै छन । तर मेरो देशमा नक्कली दाँत प्रयोग गर्नेहरु देखेको थिइन । अचानक मुखबाट दाँत बाहिर निस्केको देखेर आश्चर्य चकित भएको थिए ।” (भियतनामकी Ms. HOANG THI NGOC ANH)

 

जापानमा नर्सिङ्ग केयर वर्करको रुपमा काम गरेर आफुमा महसुस भएको परिवर्तन र विकास

वृद्दवृद्दा र अशक्त मानिसहरुको हेरचाह गर्ने ब्यक्तिहरुको सोच्ने तरिका र ज्येष्ठ नागरिकहरु प्रति गरिने व्यवहारमा परिवर्तन आएको देखिन्छ । त्यसै गरी जापानमा सिकेको नर्सिङ्ग केयरको सिपलाई आफ्नो देशमा फर्किएपछि सदुपयोग गर्ने ब्यक्तिहरु पनि छन । आफु जन्मिएर हुर्केको ठाँउ भन्दा फरक ठाँउ र वातावरणमा गएर सिकेको भाषा सिप, नर्सिङ्ग केयरको अनुभवले आगामी दिनहरुमा गरिने नयाँ काम र जीवनमा पनि विभिन्न प्रभाव पार्ने गरेको देखिन्छ । त्यसो भए, जापानमा नर्सिङ्ग केयर वर्करको रूपमा अनुभव भएका व्यक्तिहरूको टिप्पणीहरूमा एक नजर राखौं ।

 

  • “बुढाबुढी र अपांग भएकाहरुलाई हामीले आदर सम्मान गर्नै पर्छ, सबै कुराहरुको हेरचाह गर्नु भन्दा, सकेसम्म उनीहरुले आफ्नो कुरा आफै गर्न सक्ने बनाउन सहयोग गर्नु पर्छ भन्ने कुराको महत्व सिक्न सकें ।”

 

  • “मेरो काकी पर्ने एक जनालाई सेरेब्रलइन्फेक्शनका कारण पक्षघात भएको थियो र नर्सिंग हेरचाह आवश्यक थियो । त्यस बेला मैले जापानमा सिकेको नर्सिङ्ग केयरको अनुभव बिरामीका आफन्तहरुलाई सिकाई दिए ।”

 

  • “मानसिक रोग लागेको मेरो काकीको नर्सिङ्ग केयर गर्न सकें, जापानमा सिकेका सबै कुराहरु मेरो परिवारका लागि पनि उपयोगी भयो । विषेश गरी बाथटबमा नुहाउने केयर, खाना खाने केयर, डाइपर परिवर्तन गर्ने जस्ता कुराहरुको ज्ञान अत्यन्तै उपयोगी भयो ।”

 

 

  • “कम्युनिकेसन भन्ने कुरा कति महत्वपूर्ण हुन्छ, भन्ने सिक्न सकें । पहिले मानिसहरुको कुरा राम्रोसंग सुन्नु पर्दछ भन्ने कुराको ममा परिवर्तन आयो ।”

 

“जस्तो सुकै अप्ठारो परिस्थितिमा पनि धैर्य भएर निर्णय लिनु पर्दछ, भन्ने क्षमताको आफुमा विकास भयो । मानिसहरुसंग रिसाउनु भन्दा अगाडी आफूले गरेको कुरा ठिक छ वा छैन सोच्न सक्ने क्षमतको वृद्दि भयो ।”

 

आगामी समयमा जापानमा गएर नर्सिङ्ग केयरको काम गर्न चाहानेहरुको लागि, अनुभवी नर्सिङ्ग हेरचाह कर्मीहरुको सल्लाह र सुझाव

अपरिचित नयाँ वातावरणमा गएर, अपरिचित भाषा प्रयोग गरी पहिलो पटक नरसिङ्ग केयरको काम गर्नु पर्ने हुँदा दैनिक धेरै चुनौतीहरुको सामना गर्नु पर्ने हुन्छ । परिवारबाट टाढा रहनु पर्ने हुदाँ होम-सिक पनि हुन सक्छ, काम र भाषा, अध्ययन आदिको चापले मानसिक तनावहरु बढन पनि सक्दछ । त्यस्तो परिस्थितिमा पनि जापानी खाना होस वा जापानी संकृतिमा घुलमिल भएर रमाईलो मानी जापानको जीवन शैलीको आनन्द लिने ब्यक्तिहरु धेरै रहेका छन । आगामी दिनहरुमा जापानमा गएर नर्सिङ्ग केयरको काम गर्ने सोच बनाउनु भएका महानुभावहरुलाई संबन्धित कामका अनुभवी ब्यक्तिहरुबाट सल्लाह र सुझावहरु छन । ध्यान पूर्वक हेर्नु होला,

 

・”जापान आउनु भन्दा अगाडी कडा मेहनतका साथ जापानी भाषाको अध्ययन गर्नु होला । जति जापानी भाषा जान्नु हुन्छ, त्यतिनै जापानमा धेरै कुराहरुको आनन्द लिन सक्नु हुने छ । कृपया राम्रोसंग जापानी भाषाको अध्ययन गर्नु होला ।”

 

・”जापानी संस्कृति र जापानी भाषालाई गम्भीरतापूर्वक अध्ययन गर्नु राम्रो हुन्छ । सुरुमा यो गाह्रो हुन सक्छ, तर यदि तपाई राम्रो कुराकानी गर्न सक्नु हुन्छ भने जापानमा जीवन यापन गर्न त्यति गाह्रो हुने छैन ।”

 

・”बिदाका दिनहरुमा सकृय रुपमा घुम्ने गर्नु पर्दछ (फिल्म हेर्न जाने, हानामी गर्ने) । आफुलाई सधै रिफ्रेश राख्नु अत्यन्त महत्वपूर्ण हुन्छ ।”

 

・”जापान धेरै नियम कानुनहरु भएको देश हो । अग्रिम रुपमा जानकारी प्राप्त गरी बुझेर जापानमा जानु राम्रो हुने छ र जापानमा आइसकेपछि पनि यि कुराहरुमा एक-एक गरेर अध्ययन गर्नु राम्रो हुन्छ ।”

 

・”काम गर्न थालेको केही महिना पछी म होम-सिक भएकी थिएँ । तर, जापान आएको आफ्नो उद्देश्य सम्झिएर म आफूलाई अगाडी बढ्न प्रोत्साहित गरें । यो सुरुमा गाह्रो हुन सक्छ, तर जापानको जीवन शैलीमा घुलमील भएपछि जापानको जीवन साँच्चैनै धेरै रमाइलो भयो ।”

 

・”म जापानमा हुँदा मेरो परिवारलाई भेट्न सकिनँ, तर जापानमा राम्रो वाइफाइ सुविधा भएकोले, म आफ्नो परिवारसँग भिडियो कल गर्न सक्ने भएकोले कुनै चिन्ता भएन । साथै, काम गर्ने ठाउँमा आफ्नो देशकै सहकर्मीहरु भएमा परिवारको चिन्ता र न्यास्रो लाग्दैन ।”